मुख्य समाचार
नेपाली कांग्रेसको १५औं महाधिवेशनमा कंग्रेस आइडी भएकाले मात्र भाग लिन पाउने
नेपाली कांग्रेसको १५औं महाधिवेशनमा कंग्रेस आइडी भएकाले मात्र भाग लिन पाउने

: नेपाली कांग्रेसको १५औं महाधिवेशनमा कंग्रेस आइडी भएकाले मात्र भाग लिन पाउने भएका छन्।


महाधिवेशनको तयारी स्वरुप आजदेखि तयारी सुरु गरेको कांग्रेसले कंग्रेस आइडी पाउने व्यक्तिले मात्र महाधिवेशनमा भाग लिन पाउने व्यवस्था गरेको जनाएको छ। ‘कंग्रेस आइडी नभएको अवस्थामा पुरानो सदस्यता अद्यावधिक भएको मानिँदैन। आइडी नभएको व्यक्तिले महाधिवेशनमा भाग लिने अवस्था हुँदैन। यो कसलाई दिने नदिने भन्ने होइन। प्रक्रियामा आएका सबैको अद्यावधिक तथा नवीकरण गर्ने स्थिति हुन्छ’, महामन्त्री प्रदीप पौडेलले भने।

यसका लागि वैशाख महिनाभर क्रियाशील सदस्यताको अद्यावधिक, नयाँ सदस्यता प्रदान लगायतका कार्य गरिने छ। सदस्यता अभियान सञ्चालनका लागि ७७ वटै जिल्लामा प्रतिनिधि तोकिएको छ।



आज कांग्रेसले महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपालभित्रै रहेका लाखौं नागरिक मतदान अधिकार प्रयोग गर्नबाट वञ्चित भइरहेको भन्दै कर्णालीका युवाहरूले जहाँ नागरिक छन्, त्यहीँबाट मतदान गर्न पाउने व्यवस्था लागू गर्न माग गरेका छन् । कर्णालीका सबै जिल्लाबाट प्रतिनिधित्व गर्ने अगुवा युवा समूहले शुक्रबार निर्वाचन आयोग नेपालमा विस्तृत ज्ञापनपत्र पेश गर्दै निर्वाचन प्रणालीमा सुधारको माग गरेका हुन् । उक्त समूहले नेपालको निर्वाचन प्रणालीमा ...
— लागुऔषध तथा विस्फोटक पदार्थ खोजी गर्ने विशेषज्ञ तालिम प्राप्त कुकुरसहित खटिएको प्रहरी टोलीले आकस्मिक जाँच गर्दा स्रोत नखुलेको रकम र लागुऔषधसहित ४ जना पक्राउ परेका छन् । टोलीले सीमा नाका यशोधारा गाउँपालिकास्थित मर्यादपुर बजारका दुई फरक स्थानबाट स्रोत नखुलेको ८ लाख र भारतीय रुपैयाँ एक लाखसहित ३ जना तथा लागुऔषधसहित एक जना पक्राउ परेका ...
: अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक संजाल फेसबुकमा फेक एकाउन्ट खोली वैदेशिक रोजगारीमा पठाई दिन्छु भन्दै ठगी गर्न पोखरा महानगरपालिका-१६ बस्ने लम्जुङ दुधपोखरी गाउँपालिका-६ घर भएकी ५० वर्षीया वन कुमारी गुरूङलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। प्रहरीका अनुसार आकर्षक तलब, सुविधामा जापान पठाई दिन्छु भनी ...
— श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने श्रमिकसँग सेवा शुल्कबापत १० हजार रुपैयाँ लिन पाउने नीतिलाई कडाइका साथ कार्यान्वयन गर्न थालेको छ । योभन्दा बढी सेवा शुल्क लिएमा सरकारले कारबाही गर्नेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले शनिबार एक भिडियो सन्देश जारी गर्दै यो नीतिलाई कडाइका साथ कार्यान्वयन गर्न लागेको सन्देश ...
: सरकारी विज्ञापन तथा सूचना निजी सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण गर्न प्रतिबन्ध लगाइएको कदमलाई नेपाल पत्रकार महासंघले असंवैधानिक संज्ञा दिएको छ। शुक्रबार महासंघको केन्द्रीय कार्यालयमा आयोजित सरोकारवालाहरूको भेलामा महासंघकी अध्यक्ष निर्मला शर्माले सरकारको यो कदमले संविधानको उल्लंघनका साथै स्थानीय तथा प्रदेश सरकारको हकसमेत हनन गरेको बताइन्। महासंघले विज्ञापन रोक्नेसम्बन्धी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको पत्र फिर्ता गर्न ...