मुख्य समाचार
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ दिनभित्र स्वीकृत दरबन्दीको विवरण उपलब्ध गराउन पत्राचार
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ दिनभित्र स्वीकृत दरबन्दीको विवरण उपलब्ध गराउन पत्राचार

: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ दिनभित्र स्वीकृत दरबन्दीको विवरण उपलब्ध गराउन पत्राचार गरेको छ।


स्थानीय तह र प्रदेश सरकार मातहतका सम्पूर्ण कार्यालयहरूलाई ३ दिनभित्र स्वीकृत दरबन्दीको विवरण उपलब्ध गराउन मन्त्रालयले पत्राचार गरेको हो।

मन्त्रालयले सातवटै प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई शुक्रबार पत्राचार गरेको हो।



सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन तथा एकीकृत जनशक्ति प्रक्षेपण तयार गर्नका लागि प्रदेश अन्तर्गतका सम्पूर्ण निकायहरूको स्वीकृत दरबन्दीको एकमुष्ट विवरण तयार गरी मन्त्रालयको इमेलमा पठाउन अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काठमाडौंको ठमेलमा बसेर नेपालीलाई ठगी गर्ने चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३५ वर्षीय चु यी फङ रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनले सामाजिक सञ्जालहरूबाट नेपालीसँग कुराकानी गरेर विभिन्न किसिमका प्रलोभन देखाउने गरेका थिए। प्रलोभनमा परेका नेपालीहरूका बैंक खाताहरू समेत प्रयोग गरी ठगी गर्ने गरेको र ठगी गरेको रकमलाई अभौतिक मुद्रा ...
: वैदेशिक रोजगारमा पठाइदिने भन्दै साढे ७३ लाख भन्दा बढी ठगी गर्ने ४ जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार वैदेशिक रोजगारका लागि विभिन्न देशमा पठाउने भन्दै ७३ लाख ७० हजार रुपैयाँ ठगी गरेको आरोपमा ४ जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा सल्यानको कालीमाटी गाउँपालिका-७ का ५२ वर्षीय कर्ण बहादुर राउत, तनहुँको ...
: सरकारी विज्ञापन नीति विरुद्ध खोटाङका पत्रकारहरू आन्दोलनमा उत्रिएका छन्। निजी सञ्चार माध्यमलाई कमजोर बनाउने उद्देश्यले सरकारी विज्ञापन सरकारी सञ्चार माध्यममै मात्र प्रकाशन गर्ने मन्त्रिपरिषदले निर्णय गरेको भन्दै नेपाल पत्रकार महासंघ खोटाङ शाखाले सरकारलाई विरोध स्वरूप १ रुपैयाँ उपहार पठाएको छ। महासंघका अध्यक्ष हरिबोल आचार्यको नेतृत्वमा शुक्रबार सुरु गरिएको आन्दोलनको पहिलो दिन पत्रकारहरूले खोटाङका प्रमुख ...
: हायसको ठक्करबाट बालकको मृत्यु भएको छ। राप्तीसोनारी गाउँपालिका-६ डाँडाटपरीस्थित सडकमा भे.१ ज १५०५ नम्बरको हायस गाडीको ठक्करबाट सोही ठाउँ बस्ने जयपती रानाको छोरा अन्दाजी ६ वर्षीय सगुन रानाको शुक्रबार दिउँसो मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले हायस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान ...
: काठमाडौंको हाँडीगाउँमा शुक्रबार गहना खोज्ने जात्रा सम्पन्न भएको छ। टुँडाल देवीको खटलाई हाँडीगाउँस्थित गहना पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि पोखरीमा देवीको गहना खोज्ने गरिन्छ। त्यस क्रममा पोखरीबाहिर टुँडाल देवीकी बैनीको खटलाई पनि परिक्रमा गराइन्छ। उक्त अवसरमा भाटभटेनीको मूर्ति टुँडालदेवी मन्दिरमा ल्याउने चलन छ। किंवदन्तीअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडेसँग घुम्न हिँडेकी देखिछन्, ...