: नेपाल प्रहरीले काठमाडौंका विभिन्न ठाउँमा गुण्डागर्दी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आफ्नो समूह बनाएर गुण्डागर्दी गर्दै आइरहेका ५ जनालाई पक्राउ गरेको हो।
परिसरका अनुसार डिम्पल भनिने प्रविण तामाङ, बिर्जु महर्जन, सुजन कार्की, सरु गुमागाइ, विकी लामा रहेका छन्। उनीहरु बौद्ध, कलंकी - बाफल, स्यूचाटार एरियामा लुटपाट तथा गुण्डागर्दीमा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
प्रहरीले अन्यस्थानबाट पनि शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको जनाएको छ।