मुख्य समाचार
विश्वकपमा छनोट हुन नसकेपछि इटाली फुटबल संघका प्रमुखको राजीनामा
विश्वकपमा छनोट हुन नसकेपछि इटाली फुटबल संघका प्रमुखको राजीनामा

। इटाली लगातार तेस्रोपटक विश्वकपमा छनोट हुन असफल भएपछि इटालियन फुटबल महासंघका अध्यक्ष गाब्रिएले ग्राभिनाले पदबाट राजीनामा दिएका छन् ।

चार पटकको विश्वकप विजेता इटाली निर्णायक खेलअन्तर्गत प्लेअफ फाइनलमा बोस्निया–हर्जेगोभिनासँग पेनाल्टीमा ४–१ ले पराजित भएपछि छनोट हुन असफल भएको थियो ।

यसअघि इटालीले सन् २०१८ को रसिया र २०२२ को कतार विश्वकप पनि गुमाएको थियो । इतिहासमा पहिलो पटक कुनै पनि पूर्व विश्वकप विजेता टोली लगातार तीन पटक विश्वकपमा छनोट हुन असफल भएको हो ।

यसैबीच राष्ट्रिय टोलीसँग नजिकबाट काम गरिरहेका पूर्व गोलकिपर जियानलुइजी बुफोनले पनि प्रतिनिधि प्रमुख पदबाट राजीनामा दिएका छन् । सन् २००६ को विश्वकप विजेता टोलीका सदस्य बुफोनले मुख्य लक्ष्य इटालीलाई पुनः विश्वकपमा फर्काउनु भए पनि त्यो पूरा गर्न नसकेको भन्दै नैतिक जिम्मेवारीका आधारमा पद छाडेको बताएका छन् ।

७२ वर्षीय ग्राभिनाले सन् २०१८ अक्टोबरमा अध्यक्ष पद सम्हालेका थिए। उनको कार्यकालमा इटालीले युरो २०२० को उपाधि जितेको थियो, जहाँ फाइनलमा इंग्ल्याण्डलाई पेनाल्टीमा पराजित गरेको थियो ।

तर पछिल्ला असफलतापछि उनीमाथि चर्को आलोचना भइरहेको थियो । उनले प्रशिक्षकका रूपमा लुचियानो स्पालेट्टी र हालका प्रशिक्षक जेन्नारो गाट्टुसोलाई नियुक्त गरेका थिए । राजीनामाअघि उनले गाट्टुसोलाई पदमै रहन आग्रह गरेका थिए ।

फुटबल महासंघले नयाँ अध्यक्ष चयनका लागि जुन २२ मा निर्वाचन गर्ने जनाएको छ । नयाँ नेतृत्वका लागि इटालियन ओलम्पिक कमिटीका पूर्व प्रमुख जियोभान्नी मालागो प्रमुख दाबेदार मानिएका छन् ।

यससँगै अर्को चिन्ताको विषयका रूपमा सन् २०३२ को युरोपियन च्याम्पियनसिप पनि देखिएको छ । इटालीले टर्कीसँग संयुक्त रूपमा आयोजना गर्ने योजना भए पनि आवश्यक पूर्वाधार अभावका कारण जोखिममा परेको छ । युईएफएका अध्यक्ष अलेक्जान्डर चेफेरिनले आवश्यक सुधार नगरे प्रतियोगिता इटालीमा नहुन सक्ने चेतावनी दिएका छन्।

इटालीले अक्टोबरभित्र पाँचवटा स्टेडियमको नाम युएफालाई बुझाउनुपर्नेछ। तर पुराना स्टेडियम, निर्माण ढिलाइ र सरकारी विवादका कारण धेरै क्लबहरूले पूर्वाधार सुधार गर्न सकेका छैनन्।

चेफेरिनले यसका लागि खेल प्रशासनभन्दा बढी इटालीका राजनीतिक नेतृत्व जिम्मेवार हुन सक्ने टिप्पणी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सफलताको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्नुमा वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको स्मरण गरेका हुन्। ‘आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई हार्दिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आजबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै मन्त्री गौतमले मैदानमा जुनसुकै टिमले जितेपछि नेपाली क्रिकेटकै जित हुने बताएकी छिन् । ‘सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई ...
: नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा‌ अनुबन्ध भएका पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। सोमबारबाट सुरु हुन लागेको तेस्रो संस्करणमा‌ नेपालका विभिन्न फ्रेन्चाइज टोलीहरूले पाकिस्तानी खेलाडीहरू अनुबन्ध गरेका थिए। अनुबन्ध भएका केही खेलाडी नेपाल पुगिसकेका छन्। तर, पाकिस्तानी खेलाडीले खेल खेल्न पाउने कि नपाउने भन्ने बारे भने अनिश्चितता रहेको छ। पाकिस्तान क्रिकेट बोर्डले खेलाडीहरूलाई 'नो ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एनपीएल सुरु हुँदैछ । प्रधानमन्त्री बालेनले एनपीएल प्रतियोगिताको उद्घाटन गर्ने प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्री बालेनले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटलाई शुभकामना ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आजदेखि सुरु हुने 'नेपाल प्रिमियर लिग' (एनपीएल) को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले नेपाली क्रिकेट सधैं अमर रहोस् भन्ने शुभकामना व्यक्त गर्दै केही वर्षमै एनपीएल एक भव्य खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री बालेनले एनपीएल नेपालको सबैभन्दा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम