मुख्य समाचार
स्कुलको होस्टलमा १४ वर्षीय बालकको ‘शंकास्पद’ मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ
स्कुलको होस्टलमा १४ वर्षीय बालकको ‘शंकास्पद’ मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ

। सप्तरीको खडक नगरपालिका–७ स्थित फुलेश्वर पब्लिक इङ्ग्लिस बोर्डिङ स्कुलको होस्टलमा १४ वर्षीय बालकको ‘शंकास्पद’ मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा खडक नगरपालिका–१० का ४९ वर्षीय धीरेन्द्रप्रसाद चौधरी र सिरहाको लहान नगरपालिका–२० का ४१ वर्षीय भोला मण्डल रहेका छन् ।

चौधरी स्कुलका सञ्चालन हुन् भने मण्डल पालेका रूपमा कार्यरत छन् । पक्राउ परेका दुवैमाथि आत्महत्या दुरुत्साहन कसुरमा ५ दिनको म्याद थप लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले बताए ।

विगत ७ वर्षदेखि होस्टलमा बस्दै आएका खडक–९ लालपट्टीका धर्मेन्द्रकुमार साह ७ चैत शनिबार बिहान झुन्डिएको अवस्थामा मृत भेटिएका थिए ।

घटनापछि स्कुलका सञ्चालक चौधरी र उनकी श्रीमती शोभा, पाले मण्डललगायतले धमेन्द्रलाई अस्पताल पुर्‍याएर मात्रै परिवारजन र प्रहरीलाई जानकारी गराएका थिए ।

बालककी आमा ममता साहले छोरालाई स्कुलका सञ्चालक चौधरीकी श्रीमती शोभासहितले कुटपिट गरेको, ढिलो गरी घटनाबारे खबर गरेको र सीसीटीभीसमेत घटनाको बेला बन्द राखेकाले ‘शंकास्पद’ रहेको दाबी गर्दै आएकी छन् ।

तर, प्रहरीले शोभालाई अहिलेसम्म नियन्त्रणमा लिएको छैन । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रास्वपाका सांसद डा. अमरेशकुमार सिंहले सरकार जनताको चाहना अनुसार अघि बढ्ने बताएका छन् । शुक्रबार संघीय संसद् सचिवालय परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सरकार र पार्टी दुवै जनताको चाहनाअनुसार अघि बढ्ने टिप्पणी गरेका हुन् । सांसद सिंहले सरकारले कुनै पनि खालको भ्रष्टाचार र कुशासन स्वीकार नगर्ने समेत बताए । जनताले विश्वास गरेर मत दिएकाले ...
। नेपाली कम्युनिस्ट पार्टीले सभामुख पदमा उम्मेदवारी नदिने भएको छ । उसले रास्वपा उम्मेदवार डीपी अर्याललाई समर्थन गर्ने जनाएको छ । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सभामुख पदमा उम्मेवारी नदिने बताए । ‘संसदमा दुई तिहाइ बहुमतसहितको रास्वपाले सभामुख पदमा उम्मेदवारी दिनु स्वाभाविक छ । त्यसमा हाम्रो समर्थन रहन्छ,’ दुलालले भने । रास्वपा उपसभापति डीपी अर्यालले ...
। नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी नदिने भएको छ । सत्तापक्षसँग संसद्‍मा सुविधाजनक अंक रहेको र सभामुख साझा व्यक्ति पनि भएको हुँदा सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जानकारी दिए । ‘संसद् मर्यादित र निष्पक्ष ढंगले चलाउने दायीत्व सभामुखमा रहेको हुँदा संसद्को गरिमा थप बढ्ने अपेक्षा सहित उम्मेदवारी नदिने निर्णय गरेका हौं,’ उनले भने ...
। माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । आज २० चैतकाे परीक्षामा हेटौंडा उपमहानगरपालिका-१० भुटनदेवी राेडस्थित सोलिड्यारेटी माध्यमिक विद्यालय परीक्षा केन्द्रमा परीक्षा दिइरहेकाे अवस्थामा सिन्धुली मरिन गाउँपालिका-४ घर भई हाल हेटौंडा-४ बस्दै आएका करिब १८ वर्षीय बिराज बिकलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक पुष्कर बाेगटीले ...
। रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका छन् । उनको प्रस्तावकमा प्रतिनिधि सभा सदस्य समेत रहेका पार्टी सभापति रवि लामिछाने छन् । समर्थकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुन मन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल छन् । सभामुख पदको निर्वाचनमा चैत २२ गते हुँदैछ । त्यसका लागि संघीय संसद सचिवालयले आज ...