। कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
टीकापुर नगरपालिका–१ वन कार्यालय नजिकै डुडेझारी सडकखण्डमा बिहीबार राति सुदूरपश्चिम प्रदेश ०१–००९ प ६७७८ नम्बरको मोटरसाइकल मोटरसाइकल दुर्घटना हुँदा सोही ठाउँ बस्ने ३५ वर्षीय रमेश शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले बताए ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि टिकापुर अस्पताल लगिएको थियो तर चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले दुर्घटनाको कारणबारे भने थप अनुसन्धान गरिरहेको जनाएको छ ।