। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले गण्डकी प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् ।
शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनले गण्डकी प्रदेशका सांसदहरूसँग उनीहरूको क्षेत्रका समस्या र समाधानका उपायबारे छलफल गरेका हुन् ।
यसअघि उनले कोशी, सुदूरपश्चिम, कर्णाली प्रदेशका सांसदहरूसँग छलफल गरेका थिए ।
सो क्रममा स्याङ्जा क्षेत्र नम्बर २ का सांसद झबिलाल डुम्रेले भौतिक पूर्वाधार, स्वास्थ्य, कृषि, पर्यटन, नदी लगायतका विषयमा बुँदागत रुपमा समस्या र समाधानबारे प्रधानमन्त्री शाहलाई जानकारी गराए ।
अन्य सांसदहरूले पनि आ–आफ्ना क्षेत्रको अवस्थाबारे जानकारी गराएका थिए ।
सिद्धार्थ हाइवेको महत्वबारे जानकारी गराउँदै उनले यसअघि स्तरोन्नतिको विषय भाषणमा मात्रै सीमित हुँदा पछाडि परेको बताए ।
‘यस अवस्थालाई सुधार गर्न ठोस कार्यान्वयन आवश्यक छ । प्रभावकारी स्तरोन्नतिले स्याङ्जा, पाल्पा, रुपन्देही, कपिलवस्तु र कास्की जिल्लाको आर्थिक विकास तथा पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ,’ उनले भने ।
कृषिमा उत्पादनको आधारमा अनुदानको व्यवस्था मिलाउन पनि उनले आग्रह गरे ।