मुख्य समाचार
कांग्रेस र एमाले विचित्रको विवादमा रहेको टिप्पणी
कांग्रेस र एमाले विचित्रको विवादमा रहेको टिप्पणी

। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस र एमाले विचित्रको विवादमा रहेको टिप्पणी गरेका छन् । बिहीबार कमल कोइरालाको स्मृतिग्रन्थ लोकार्पण समारोहमा बोल्दै नेता कोइरालाले त्यो विवादमा शक्तिकेन्द्रको भूमिका रहेको आशंका व्यक्त गरेका हुन् ।

‘अहिले कांग्रेस र एमाले दुइटै पार्टीभित्र अहिले अचम्मको समस्या छ,’ नेता कोइरालाले भने, ‘हामी दुइटै पार्टी बडो विचित्रको विवादमा परिराख्या छौं । दुइटै पार्टीमा विवाद छ, स्वीकार्नुपर्छ ।’ पार्टीलाई मिलाएर अगाडि लैजान नसके अवस्था निकै खराब हुने उनले बताए ।

‘हामीहरूले सोच्नुपर्नेछ अब । एकढिक्का बनाएर जानसके हाम्रो अस्तित्व रहन्छ, होइन भने अप्ठेरो स्थितिमा हामी जान्छौं । यसमा कुनै द्विविधा छैन,’ कोइरालाले भने ।

कांग्रेसको विवाद मिलाउने प्रयासमा रहेको उनले बताए । आफूले कांग्रेस विवादमा मध्यमार्गी धारणा राख्दा निकै कठिनाइ भइरहेको पनि उनको गुनासो छ । ‘कुनैपनि व्यक्ति जो मध्यमार्गी हुन्छ, उसलाई काम गर्न कठिन नै हुन्छ । अप्ठेरो हुन्छ,’ उनले भने ।

अहिलेको परिस्थिति कांग्रेस एमालेका लागि मात्रै कठिन नभई सबै पुराना दलका लागि असहज रहेको पनि उनले बताए । उनले अगाडि भने, ‘अहिले राजनीतिक परिस्थिति वा देशको परिस्थिति नेपाली कांग्रेस, एमाले, माओवादी या अन्य पार्टीलाई अहिले प्रतिकूल छ भन्ने कुरा हामीले बुझौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गृहमन्त्री सुदन गुरुङले जेनजी आन्दोलनका घाइतेलाई भेटेका छन् । उनले केएमसी अस्पतालमा उपचाररत घाइतेलाई गएराति भेटेका हुन् । चिकित्सकहरूबाट उनीहरूको स्वास्थ्यस्थितिबारे पनि मन्त्री गुरुङले जानकारी लिएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ । घाइतेहरूलाई पूर्वसांसद डा. सुनिल शर्माले निःशुल्क उपचार गर्दै आएका छन् । निःशुल्क उपचार गरेकामा गृहमन्त्रीले केएमसीका सञ्चालक डा. शर्माप्रति आभार व्यक्त गरेका थिए ।
। श्रम संस्कृति पार्टीको संसदीय दलको नेताको जिम्मेवारी पार्टीका हर्कराज राई (हर्क साम्पाङ) ले सम्हाल्ने भएका छन् । साम्पाङले बिहीबार प्रतिनिधिसभाको बैठकलाई गरेको सम्बोधनको कपि सार्वजनिक गरेका छन् । जसमा साम्पाङलाई अध्यक्ष तथा संसदीय दलको नेता भनिएको छ । बिहीबार प्रतिनिधिसभा २०८२ को पहिलो अधिवेशनको पहिलो बैठक बसेको थियो । उक्त बैठकलाई सम्बोधन गर्दै साम्पाङले जनताका माग ...
। धनुषाको लालगढबाट एक जना सशस्त्र प्रहरी निरीक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी निरीक्षक ओकिल अधिकारी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले उनलाई आज बिहान लालगढबाट घुससहित पक्राउ गरेको जनाएको छ । अख्तियारका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधनहरू रोक्ने, अनावश्यक अवरोध ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्ववर्ती सरकारको पालामा राजनीतिक नियुक्ति लिएकाहरूलाई राजीनामा दिन आग्रह गरेको छ । यस्तो आग्रह रास्वपाले प्रतिनिधिसभाको रोष्ट्रमबाटै गरेको हो । बिहीबार प्रतिनिधिसभा २०८२ को पहिलो अधिवेशनको पहिलो बैठक बसेको थियो । उक्त बैठकलाई सम्बोधन गर्दै रास्वपाका सभापति रवि लामिछानेले यस्तो आग्रह गरेका हुन् । ‘यो सरकार जेनजी विद्रोहको पनि सन्तान हो,’ उनले ...
। कन्चनपुरको दैजीबाट लिप्ना हुँदै डडेलधुराको जोगबुढा जाने सडक निर्माणको काम वर्षौंदेखि अलपत्र पारिएको विरोधमा युवाहरुले सुदूरपश्चिम मुख्यमन्त्रीको कार्यालय अगाडि फरक शैलीमा प्रदर्शन गरेका छन् । ‘बोलन्या थली’ अभियानको आयोजनामा युवाहरु सेतो कपडा ओढेर लमतन्न परेर सुतेर प्रदर्शन गरेका हुन् । विहीबार करिब एक घण्टासम्म युवाहरुले प्रदर्शन गरेका थिए । अभियानका संयोजक यादव जोशीले सडक निर्माण गर्न ...