: गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन अध्ययन गरेर सुझाव दिन नेपाली कांग्रेसले समिति बनाएको छ।
कांग्रेसले वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन समिति बनाएको हो। समितिको सदस्यमा पूर्व न्यायाधीश कृष्णप्रसाद पौडेल, अधिवक्ता विनोद कार्की, अधिवक्ता रामचन्द्र गौतम र युवा अभियन्ता यजश्वी राई छन्।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बिहीबार प्रेस विज्ञप्ति जारी गरेर समितिलाई पूर्णता दिएको उल्लेख गरेका छन्।
समितिले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको घटनाको सम्बन्धमा गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचवुझ आयोगले नेपाल सरकार समक्ष पेश गरेको प्रतिवेदनको अध्ययन गरी राय सल्लाह-सुझाव सहितको प्रतिवेदन पेस गर्ने छ।
समितिलाई ७ दिनको समयसीमा तोकिएको छ। समितिले ७ दिनभित्र नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा प्रतिवेदन पेश गर्ने छ।