मुख्य समाचार
सरकारले सरकारी विज्ञापन निजी सञ्चारमाध्यममा नदिने निर्णय गरेपछि विभिन्न सरोकारवाला संस्थाहरूले आपत्ति
सरकारले सरकारी विज्ञापन निजी सञ्चारमाध्यममा नदिने निर्णय गरेपछि विभिन्न सरोकारवाला संस्थाहरूले आपत्ति

: सरकारले सरकारी विज्ञापन निजी सञ्चारमाध्यममा नदिने निर्णय गरेपछि विभिन्न सरोकारवाला संस्थाहरूले आपत्ति जनाएका छन्। नेपाल विज्ञापन संघ, इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) र नेपाल प्रेस युनियनलगायत संस्थाहरूले उक्त निर्णयको विरोध गर्दै तत्काल पुनर्विचार गर्न सरकारसँग माग गरेका छन्।


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०८२ चैत १८ गते जारी गरेको परिपत्रमार्फत सबै सरकारी निकाय, आयोग, सचिवालय तथा प्रदेश र स्थानीय तहलाई सरकारी सूचना तथा विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्न निर्देशन दिएको थियो।

नेपाल विज्ञापन संघले विज्ञप्ति जारी गर्दै उक्त निर्णयले विज्ञापन एजेन्सीको भूमिकामा अंकुश लगाउने र अन्तर्राष्ट्रिय रूपमा स्थापित भइसकेको विज्ञापन तथा सञ्चार उद्योगमा नकारात्मक असर पार्ने जनाएको छ। संघका अनुसार विज्ञापन एजेन्सीहरूले लक्षित वर्गअनुसार प्रभावकारी सञ्चार माध्यम छनोट गरी सन्देश प्रवाह गर्ने भएकाले यस्तो व्यवस्थाले सरकारी सन्देशको प्रभावकारितामै कमी आउनेछ। साथै, विज्ञापन एजेन्सीमार्फत विज्ञापन गर्नुपर्ने विद्यमान व्यवस्था विपरीत यो निर्णय भएको संघको भनाइ छ।



इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)ले सरकारी निर्णयलाई 'निजी सञ्चारमाध्यमको घाँटी निमोठ्ने प्रयास'को संज्ञा दिएको छ। इमानले लोकतान्त्रिक सरकारले निजी क्षेत्रलाई प्रतिस्पर्धाबाट हटाएर सञ्चारमाध्यमलाई कमजोर बनाउने उद्देश्यसहित यस्तो निर्णय गरेको आरोप लगाउँदै तत्काल फिर्ता लिन माग गरेको छ। विज्ञप्तिमा निजी सञ्चारमाध्यम बन्द गराउने नियत देखिएको भन्दै सबै सञ्चारमाध्यमलाई एकजुट भएर विरोध गर्नसमेत आह्वान गरिएको छ।

त्यस्तै नेपाल प्रेस युनियनले पनि सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। युनियनले निजी सञ्चारमाध्यममाथि अप्रत्यक्ष आर्थिक नाकाबन्दी सिर्जना गर्ने उद्देश्यले यस्तो नीति ल्याइएको टिप्पणी गर्दै यसले स्वतन्त्र पत्रकारिता कमजोर बनाउने चेतावनी दिएको छ। युनियनका अनुसार निजी सञ्चारमाध्यम कमजोर हुँदा जनताको सूचनामा पहुँच घट्ने र हजारौं सञ्चारकर्मीको रोजगारी जोखिममा पर्नेछ।

तीनै संस्थाहरूले सरकारी विज्ञापन वितरणमा पारदर्शिता, समान अवसर र प्रतिस्पर्धात्मक प्रणाली कायम गर्दै निजी तथा सरकारी दुवै सञ्चारमाध्यमलाई समेट्ने नीति अवलम्बन गर्न सरकारसँग आग्रह गरेका छन्। साथै, वर्तमान निर्णय तत्काल सच्याउन उनीहरूको जोडदार माग छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टले आफ्ना करिब ६० हजार कर्मचारीलाई स्वेच्छिक अवकाश (भोलिन्टरी बाइआउट) को प्रस्ताव गरेको छ । कम्पनीले कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा ठूलो लगानी गर्न आवश्यक स्रोत जुटाउने र सञ्चालन खर्च नियन्त्रण गर्ने उद्देश्यले सोमबार स्वेच्छिक अवकाशको प्रस्ताव ल्याएको हो । माइक्रोसफ्टले क्यानडा, भारत, बेलायत र अमेरिकामा रहेका कर्मचारीलाई यो सुविधा उपलब्ध गराउने जनाएको छ ...
। इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल (आईएसपीएएन) ले अब सुपथ मूल्य र कम स्पिडका इन्टरनेट प्याकेजहरू उपलब्ध नगराउने घोषणा गरेको छ । संघ अध्यक्ष सुधीर पराजुलीका नामबाट आइतबार जारी विज्ञप्ति अनुसार इन्टरनेट सेवा प्रदायकले १९ असोज सोमबारदेखि लागु हुने गरी सुपथ मूल्य र कम स्पिडका इन्टनेट प्याकेज उपलब्ध नगराइने उल्लेख छ । विगतका वर्षहरूका मूल्यवृद्धि, मध्यपूर्वको ...
: च्याटजीपीटीको मातृ कम्पनी ओपनएआईले आन्तरिक नियम उल्लंघन गरेको आरोपमा आफ्ना तीन अनुसन्धानकर्तालाई बर्खास्त गरेको छ। कम्पनीका प्रवक्ताले अनुसन्धानका क्रममा ती व्यक्तिहरूले कम्पनीले तय गरेका प्रक्रियाबाहिर संवेदनशील जानकारीको दुरुपयोग गरेको, कम्पनीका नीतिहरू उल्लंघन गरेको र आफ्नो सञ्चालनका लागि आवश्यक विश्वास कमजोर बनाएको पुष्टि भएको बताएका छन्। ओपनएआईले ती अनुसन्धानकर्ताहरूले कुन जानकारी प्राप्त गरेका थिए वा त्यसको कसरी ...
। मेटाका सीईओ मार्क जुकरबर्गले आफ्ना प्रतिस्पर्धी कम्पनी एप्पलमाथि कटाक्ष गर्दै ‘म्युज चार्म’ नामको नयाँ एआई डिभाइस सार्वजनिक गरेका छन्। स्टिभ जब्सको शैलीमा आयोजित मेटाको वार्षिक ‘मेटा कनेक्ट’ सम्मेलनमा पकेट वाच आकारको यो नयाँ ग्याजेट प्रस्तुत गरिएको हो । जसले मेटाको भाइरल एआई एजेन्ट ‘म्युज’लाई भौतिक रूपमा मानिसको हातसम्म पुर्‍याउनेछ। ग्याजेटको मद्दतले प्रयोगकर्ताहरूले स्मार्टफोनका एआई एपहरू ...
। अमेरिकी एआई कम्पनीहरू एन्थ्रोपिक र ओपनएआईले मंगलबार एकै दिन नयाँ, सस्तो एआई मोडलहरू सार्वजनिक गरेका छन्। दुवै कम्पनीका कार्यकारीहरूले केही दिनअघि मात्र एआई विकासमा ढिलाइ र कडा सुरक्षा उपायको आह्वान गरेपछि नै यो मोडल सार्वजनिक गरेका हुन्। एन्थ्रोपिकले क्लड ओपस ५.५ सार्वजनिक गरेको छ, जसले कम्पनीको फ्ल्यागसिप मोडल क्लड फेबल ५.१ जस्तै पर्फमेन्स दिने र अघिल्लो ...