मुख्य समाचार
सनराइजर्स हैदराबादले कोलकाता नाइट राइटर्सलाई ६५ रनले पराजित
सनराइजर्स हैदराबादले कोलकाता नाइट राइटर्सलाई ६५ रनले पराजित

: इन्डियन प्रिमियर लिग (आइपीएल) २०२६ मा सनराइजर्स हैदराबादले कोलकाता नाइट राइटर्सलाई ६५ रनले पराजित गरेको छ।


जारी आइपीएलमा सनराईज हैदराबादको यो पहिलो जित हो भने कोलकाता नाइट राइडर्सले लगातार दोस्रो हार बेहोरेको हो।कोलकातास्थित इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सनराइजर्स हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २२६ रन बनाएको थियो।

सनराइजर्स हैदराबादले दिएको २२७ रनको विजय लक्ष्य पछाएको कोलकाता नाइट राइडर्स १६ ओभरमा १६१ रन बनाउँदै अल आउट भयो।



कोलकाता नाइट राइडर्सको लागि अंगकृश रघुवंशीले सर्वाधिक ५२ रनको अर्धशतकीय पारी खेले। उनले २९ बलमा ६ चौका र दुई छक्का प्रहार गरे। कप्तान अजिन्क्य रहाणे ८ रनमा पेभेलियन फर्किदा अर्का ओपनर फिन एलेनले २८ रन बनाए। रिंकु सिंहले ३५, रमनदिप सिंहले १० र सुनिल नरेनले १२ रन बनाए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

कोलकातालाई सस्तैमा रोक्न हैदराबादका बलर जयदेव उनादकटले ३ विकेट लिए। इशान मलिंगा र नितेश कुमार रेड्डीले समान २-२ विकेट लिँदा हर्ष दुबेले १ विकेट लिए । पहिलो इनिङमा ब्याटिङ गरेको सनराइजर्स हैदराबादका लागि हेनरिच क्लासेनले ५२ रनको अर्धशतकीय पारी खेले। उनले ३५ बलमा ४ चौका र १ छक्का प्रहार गरे।

ओपनद्वय ट्राभिस हेड र अभिषेक शर्माले पहिलो विकेटका लागि ८२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए। हेडले २१ बलमा ६ चौका र ३ छक्का सहित ४६ रन बनाए । अर्का ओपनर अभिषेक शर्माले २१ बलमा समान ४ चौका र ४ छक्का सहित ४८ रनको पारी खेलेका थिए। कप्तान इशान किशन १४ र नितेश कुमार रेड्डीले ३९ रन बनाएका थिए।

कोलकाता नाइट राइडर्सको लागि बलिङतर्फ ब्लेसिङ मुजरबानीले सर्वाधिक ४ विकेट लिए। वैभव अरोराले २ विकेट लिँदा कार्तिक त्यागी र अनुकूल रोयले १-१ विकेट लिए।

शुक्रबार आइपीएलमा एक खेल रहेको छ। जसमा चेन्नई सुपर किङ्स र पन्जाब किङ्सले नेपाली समय अनुसार ७:४५ मा खेल्नेछन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम