मुख्य समाचार
ट्रम्पले इरानसँगको जारी तनाव र सैन्य अभियानका सम्बन्धमा केही समयमै राष्ट्रका नाममा सम्बोधन गर्दै 'महत्त्वपूर्ण अपडेट' सार्वजनिक गर्ने तयारी
ट्रम्पले इरानसँगको जारी तनाव र सैन्य अभियानका सम्बन्धमा केही समयमै राष्ट्रका नाममा सम्बोधन गर्दै 'महत्त्वपूर्ण अपडेट' सार्वजनिक गर्ने तयारी

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनाव र सैन्य अभियानका सम्बन्धमा केही समयमै राष्ट्रका नाममा सम्बोधन गर्दै 'महत्त्वपूर्ण अपडेट' सार्वजनिक गर्ने तयारी गरेका छन्।


यस सम्बोधनमार्फत ट्रम्पले अमेरिकी सैन्य सफलताको फेहरिस्त प्रस्तुत गर्ने र इरानमा जारी कारबाही आगामी केही हप्ताभित्रै न्यूनीकरण वा अन्त्य हुनसक्ने भन्दै आश्वस्त पार्ने अपेक्षा गरिएको छ।

अमेरिकी सेन्ट्रल कमान्डले युद्ध सुरु भएको एक महिनामा इरानका १२,३०० भन्दा बढी स्थानमा आक्रमण गरिएको छ। ती हमलाहरूमा इरानी युद्धपोत, सैन्य कमान्ड सेन्टर र ब्यालिस्टिक मिसाइल अखडाहरूलाई ठुलो क्षति पुर्‍याइएको वा पूर्ण रूपमा नष्ट गरिएको दाबी गरिएको छ।



तर खाडी देशहरूमा इरानी आक्रमण अझै जारी रहेका छन्। संयुक्त अरब इमिरेट्स र कतारले मिसाइल तथा ड्रोन हमलाको प्रतिकार गरेका छन्। यस्तै, ब्रिटिस सेनाले जोर्डन, बहराइन र साइप्रस लगायतका देशहरूको हवाई क्षेत्रमा इरानका १० वटा ड्रोन खसालेको दाबी गरेको छ।

युद्धविरामको चर्चा भइरहँदा इरानी अधिकारीहरूले त्यसलाई 'निराधार' भन्दै अस्वीकार गरेका छन्। ट्रम्पको सम्बोधनअघि इरानी राष्ट्रपति मसूद पेजेश्कियानले अमेरिकी जनताका नाममा एक खुला पत्र जारी गर्दै यस युद्धलाई इरानमाथिको 'कब्जा र हमला' को संज्ञा दिएका छन्।

'अमेरिका, युरोप र खाडीका अरब छिमेकी देशका सर्वसाधारणप्रति इरानको कुनै दुर्भावना छैन,' पेजेश्कियानले पत्रमा उल्लेख गरेका छन्।

यसैबीच, राष्ट्रपति ट्रम्पको पछिल्लो अभिव्यक्तिले युरोपेली मुलुकहरूमा चिन्ता थपिदिएको छ। सहयोगी राष्ट्रहरूले अमेरिकी प्रस्तावलाई समर्थन नगरे अमेरिका सैन्य गठबन्धन 'नेटो' (NATO) बाट बाहिरिन सक्ने संकेत ट्रम्पले दिएका छन्। यसले पश्चिमी देशहरूबीचको सम्बन्धमा नयाँ तरंग पैदा गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम