मुख्य समाचार
गण्डकी प्रदेशले पीएम कप क्रिकेटमा सुदूरपश्चिम प्रदेशसँग हार बेहोरेको छ
गण्डकी प्रदेशले पीएम कप क्रिकेटमा सुदूरपश्चिम प्रदेशसँग हार बेहोरेको छ

। बिपिन खत्रीले ५ विकेट लिँदै शानदार बलिङ गरेपनि गण्डकी प्रदेशले पीएम कप क्रिकेटमा सुदूरपश्चिम प्रदेशसँग हार बेहोरेको छ ।

बिहीबार वीरगन्जमा भएको खेलमा सुदूरले गण्डकीलाई २ विकेटको रोमाञ्चक जित हासिल गरेको हो । गण्डकीले दिएको १९१ रनको लक्ष्य सुदूरले ३९ ओभर २ बलमा ८ विकेटको क्षतिमा पूरा गरेको हो ।

सुदूरका लागि अभिषेक पालले सर्वाधिक ६६ रन बनाए । ९३ बल खेलेका उनले ६ चौका र २ छक्का प्रहार गरे । नारायण जोशीले अविजित ४५ रन बनाए ।

बिपिन खत्रीले ५ विकेट लिए भने कृष्ण पौडेल, सुवास भण्डारी र विश्‍व कार्कीले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले ४९ ओभरमा अलआउट हुँदै १९० रन बनाएको थियो । अर्जुन कुमालले सर्वाधिक ४४ रन बनाए भने कप्तान बिपिन खत्रीले ३० रन बनाए ।

सुवास भण्डारीले २४, दीपक डुम्रेले २२ कृष्ण पौडेलले १५ गौरव बिकले १४ तथा सिब्रिन श्रेष्ठले १३ रन बनाए ।

सुदूरका शेर मल्लले १० ओभरमा ४२ रन दिए ५ विकेट लिए ।

प्रतियोगितामा तेस्रो जित निकालेको सुदूरपश्चिम ५ खेलमा ८ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । गण्डकीको भने ५ खेलमा ३ अंक छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...