। नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभाका सदस्य कृष्णप्रसाद सिटौलाले सरकारलाई प्रतिशोधको राजनीति त्यागेर राष्ट्रिय सहमति र एकताको बाटोमा हिँड्न आग्रह गरेका छन् ।
राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै नेता सिटौलाले सरकारको पहिलो मन्त्रिपरिषद् बैठकको निर्णय र कार्यशैलीप्रति आश्चर्य प्रकट गर्दै ‘ड्यू प्रोसेस अफ ल’ (कानुनी प्रक्रिया) पालना गर्न सुझाव दिएका हुन् ।
नयाँ सरकार गठनपछिको राजनीतिक परिस्थितिलाई सम्बोधन गर्दै सिटौलाले सरकारलाई रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाइ ।
उनले जनताको आकांक्षा पूरा गर्न सरकारले संविधानको मर्मअनुसार काम गर्नुपर्नेमा जोड दिए ।