मुख्य समाचार
सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने
सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने

। सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने भएको छ ।

बिहीबार अर्थ मन्त्रालयमा बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले राजस्व चुहावट रोक्नका लागि अभियानको रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकमा राजस्व चुहावटका रोक्नका लागि विभिन्न विभागहरूले गरिरहेका कामका बारेमा सम्बन्धित निकायका प्रमुखहरूले जानकारी गराएका थिए ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र गृहमन्त्री सुधन गुरुङले राजस्व चुहावटलाई रोक्न शून्य सहनशीलताको नीति अपनाउन निर्देशन दिएका थिए ।

त्यस्तै मन्त्रीद्वयले सीमामा सूक्ष्म निगरानी राख्न र बजार अनुगमनका केन्द्रीत हुन समेत निर्देशन दिनुभएको अर्थमन्त्रालयका सहसचिव एवं प्रवक्ता टंक प्रसाद पाण्डेयले जानकारी दिए ।

‘माननीय गृहमन्त्री र अर्थमन्त्रीज्यूले स्पष्ट निर्देशन दिनुभएको छ, जिरो टोलरेन्समा काम गर्ने भनेर । बोर्डरहरूलाई सुक्ष्म निगरानीमा राख्ने, बोर्डर भित्र र बाहिर जहाँसुकैबाट हुने राजस्व चुवावटलाई नियन्त्रण गर्न प्रभावकारी बनाएर जाने भन्नुभएको छ,’ पाण्डेयले भने ।

राजस्वको लक्ष्यमा पुग्नका लागि टास्क फोर्स गठन गरेर कार्ययोजनाका साथ नजिता देखिने गरि काम गर्ने र अर्को बैठकमा समिक्षा गर्ने गरि बैठक सकिएको प्रवक्ता पाण्डेयले बताए ।

बैठकले गरेका निर्णयहरू कार्यान्वयनका लािग सम्बन्धित निकायमा पठाउने पनि उनले बताए ।

बैठकमा अर्थमन्त्री, गृहमन्त्री, विभागीय प्रमुखका साथै तीनवटै सुरक्षा निकायका प्रमुखहरूको समेत उपस्थीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । उक्त प्रयोजनका लागि अर्थ मन्त्रालयले छनोट सम्बन्धी कार्यविधि बनाएको छ । सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत वैकल्पिक विकास वित्त कोष कार्यान्वयन घोषणा गरेको थियो । सोही अनुसार वैकल्पिक विकास वित्त परिचालन ऐन २०८३ समेत स्वीकृत गरी कार्यान्वयनमा ल्याएको ...
। नेपाल राष्ट्र बैंकले नियमित कार्यालय समयमा खुद्रा नोट सटही सुविधा उपलब्ध गराएको छ । यसपालि दसैंमा केन्द्रीय बैंकले मिति तोकेर नयाँ नोट वितरण नगरी नियमित कामकै रूपमा यस्तो सेवा दिने भएको हो । केन्द्रीय बैंकले यसपालि नयाँ तथा खुद्रा नोट सटहीको औपचारिक सूचना जारी नगर्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालले बताए । ‘दसैंका बेला नयाँ ...
। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । इन्डियन आयल कर्पोरेसनबाट मूल्यवृद्धि भएर आएको भएपनि भोटेकोशीमा आएको असाधारण बाढीपहिरोका कारण सिर्जित परिस्थिति, आउँदै गरेका चाडपर्व तथा उपभोक्ताको हितलाई हेरेर मूल्य यथावत् राखेको निगमले जनाएको छ । निगमका विज्ञप्तिअनुसार यसरी पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्दा निगमलाई पाक्षिक ३ अर्ब २० करोड ३८ लाख घाटा हुने ...
। नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ । कतारको राजधानी दोहामा जारी बैंकको गभर्नर परिषद्को ११औँ वार्षिक बैठकको अवसरमा नेपाललाई आगामी वर्षका लागि गैर–क्षेत्रीय सदस्य मुलुकतर्फको उपाध्यक्ष पदमा चयन गरिएको हो । एआईआईबीको संगठनात्मक संरचनाअनुसार एक जना अध्यक्ष तथा क्षेत्रीय र गैर–क्षेत्रीय सदस्य मुलुकहरूबाट उपाध्यक्ष रहने प्रावधान छ । यस ...
: नेपाल राष्ट्र बैंकले १ हजार रुपैयाँ दरको नयाँ नोट आजदेखि चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकले साविककै आकारमा रङमा परिवर्तन गरेर नयाँ विशेषतासहितको ‘सिरिज २०२५’ को १ हजार रुपैयाँको नोट चलनचल्तीमा ल्याएको जनाएको छ। एक सूचना जारी गर्दै राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले आजदेखि नयाँ नोट चलनचल्तीमा आउने जानकारी दिएको छ। नयाँ नोटमा बैजनी रङको ...