। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले डिजाइन अनुसार कांग्रेस सिध्याउन सबै खाले प्रयोग भइरहेको बताएका छन् ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहको बैठकमा नेता कोइरालाले यस्तो बताएका हुन् ।
नेता कोइरालाले संस्थापन पक्षसँग सहमति गर्न आफूहरू तयार रहे पनि झुकेर भने नजाने बताए । उनको यो भनाइ गगन थापाप्रति लक्षित थियो ।
कोइरालाको भनाइ उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘कनट्रोल्ड डेमोक्रेसिको प्र्याक्टिस हुँदैछ । सहमति गर्न सकिन्छ तर झुकेर होइन । कांग्रेसलाई सक्काउने डिजाइन अनुसार नै सबै प्रयोग भए ।