मुख्य समाचार
एमालेका युवा नेता सुहाङ नेम्वाङले पार्टीका शुचेच्छुक र युवा पंक्तिलाई हतोत्साहित नहुन आग्रह
एमालेका युवा नेता सुहाङ नेम्वाङले पार्टीका शुचेच्छुक र युवा पंक्तिलाई हतोत्साहित नहुन आग्रह

। नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले पार्टीका शुचेच्छुक र युवा पंक्तिलाई हतोत्साहित नहुन आग्रह गरेका छन् ।

नेम्वाङले संसदीय दलको नेतामा दावी गरेका थिए । तर प्रस्तावक र समर्थक रहने आश्वासन दिएका सांसदहरुले समेत अन्तिम समयमा साथ नदिएपछि नेम्वाङले समर्थकहरुलाई हतोत्साहित नहुन आग्रह गरे ।

‘एमालेमा रहेको अलिअलि कमजोरीलाई सुधार्दै हिजो के भएको भन्नेमा आत्मलोचना, वर्तमान अवस्थामा कहाँ उभिएका छौ र भविष्यमा नेकपा एमाले अझै सुदृढ भएर अगाडि बढ्छ भन्ने विश्वासमा मैले एउटा पाइला चालेको हो,’ पत्रकारहरुसँग नेम्वाङले भने, ‘त्यो पाइला चाल्दा कहिलेकाही अपेक्षित नतिजा नआउन सक्छ । तर त्यसका कारणले हामी हतोत्साहित हुनुहुँदैन । एमालेका शुभचिन्तक र युवा पुस्ताले पनि हतोत्साहित हुनुहुँदैन ।’

नेम्वाङले आगामी दिनमा थप कदम चाल्दै जाने विश्वास पनि दिलाए । ‘एमालेले देशलाई समृद्धितिर लान्छ । संयम र सभ्य तरिकाले देश र जनताको पक्षमा कुरा उठाइरहन्छ । मैले यो एक पाइला मात्रै चालेको, अब चाल्दै गर्छु,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। श्रम, संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङले अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्न माग गरेका छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन् । ‘म यहाँ मनको कथा राख्न चाहन्नँ । हामी के गरिरहेका छौं, भोलि के गर्नुपर्छ । भन्नेबारे जनताका मागहरू भन्न चाहन्छु,’ उनले भने, ‘देशको लस्वाधिनता र असंलग्न परराष्ट्र ...
। नेकपाका उपाध्यक्ष तथा सांसद वर्षमान पुनले ०६४ सालको निर्वाचनमा आफ्नो पार्टीले पाएको मतलाई सदुपयोग गर्न नसकेको स्वीकार गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै पुनले तत्कालीन माओवादीले पाएको बहुमतलाई सदुपयोग गर्न नसकेको बताएका हुन् । ‘०६४ सालको चुनावमा तत्कालीन नेकपा माओवादीले झन्डैझन्डै यस्तै खालको विजय हासिल गरेको थियो । ०७४ सालमा हामी दुई दल मिलेर ...
। नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले विगतका ३५ वर्षमा मुलकुमा केही पनि भएन भन्ने निराशा सत्य नभएको बताएका छन् । नवगठित प्रतिनिधिसभाको पहिलो अधिवेशनको बैठकलाई सम्बोधन गर्दै उनले विगतका ३५ वर्षहरू उदाहरणसहित स्मरण गराउँदै उनले यस्तो बताएका हुन् । ‘केही पनि भएन भन्ने निराशा सत्यको जगमा उभिएको छैन,’ आङ्देम्बेले भने, ‘हामीले भएको कुरा नागरिकलाई बुझाएर, गर्न बाँकी ...
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी मागेका छन् । बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै लामिछानेले सदियौँदेखिको अन्यायका लागि भन्दै हात जोडेर माफी मागेका हुन् । ‘गल्ती भयो कि भएन भनेर अन्योल हुँदा खगेन्द्र सुनारले माफी मागे । के खगेन्द्र सुनारमाथि सदियौँदेखि अन्याय हुँदा हामीले माफी माग्यौँ ?,’ उनले भने, ...
। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई(साम्पाङ)ले संसद्भित्रै विभेद रहेको टिप्पणी गरेका छन् । बिहीबार नयाँ प्रतिनिधिसभाको पहिलो बैठकमा रास्वपा सभापति रवि लामिछानेको अभिव्यक्तिमाथि सांकेतिक टिप्पणी गर्दै सत्ता पक्ष र साना दलबीच संसद्मा विभेद रहेको दाबी गरेका हुन् । ‘हामी विभेदको अन्त्य गर्छौँ भनिरहेका छौं । यहीँभित्र संसद्मा विभेद छ,’ साम्पाङले भने, ‘सत्तापक्षले ३० मिनेट, ४० ...