मुख्य समाचार
एमालेका नेता वासुदेव घिमिरेले पार्टी नसुध्रिने बरु विलाएर जाने टिप्पणी
एमालेका नेता वासुदेव घिमिरेले पार्टी नसुध्रिने बरु विलाएर जाने टिप्पणी

। नेकपा एमालेका नेता वासुदेव घिमिरेले पार्टी नसुध्रिने बरु विलाएर जाने टिप्पणी गरेका छन् ।

एमाले संसदीय दलको नेतामा समानुपातिक सांसद रामबहादुर थापा बादल निर्विरोध चयन भएकोतर्फ लक्षित गर्दै पूर्वसांसद समेत रहेका घिमिरेले यस्तो टिप्पणी गरेका हुन् ।

संसदीय दलको नेतामा सुहाङ नेम्वाङले पनि दाबी गरेका थिए । तर उनले प्रस्तावक र समर्थक समेत पाएनन् । अन्ततः थापा दलको नेतामा निर्विरोध निर्वाचित भए ।

यसअघि प्रत्यक्षतर्फ चुनाव जितेका सांसद संसदीय दलको नेता हुने गर्थ्यो । तर यसपटक समानुपातिक सांसद थापालाई दल नेता चयन गरेपछि पार्टीभित्र र बाहिर आलोचना सुरु भएको छ ।

नेता घिमिरेले तिलोत्तमा नगर प्रमुख हुँदा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको संसद् विघटनको विरोधमा नगरपालिका लेटरप्याडमै विज्ञप्ति निकालेर विरोध जनाएका थिए ।

गत २३ र २४ भदौको जेनजी आन्दोलनमा सरकारको भूमिकामाथि पनि उनले प्रश्न उठाएका थिए भने पार्टी महाधिवेशनमा ईश्वर पोखरेल पक्षमा उभिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउको विषयमा भएको भएको विरोधप्रति जवाफ फर्काएका छन् । बिहीबारको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले न्याय पाउने पहिलो हक शहीदकी आमाको भएको बताएका हुन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई स्मरण गर्दै लामिछानेले भने, ...
। श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले लिने नीतिबारे आफ्नो सुझाव भन्दै केही आग्रह गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले विस्थापन नभई व्यवस्थापनको नीति लिनुपर्ने बताएका हुन् । ‘सुकुम्बासी भन्दै नागरिकको बासको अधिकारलाई खोज्दै डोजर चलाउने चलनको अन्त्य गरियोस्,’ उनले भने, ‘ जनताको घर टहरा भत्काउनु हुँदैन । सरकारले विस्थापन होइन व्यवस्थापनको ...
। रास्वपा सभापति रवि लामिछानेले आफूहरूमाथि चौबिसै घण्टा निगरानी गर्न प्रतिपक्षी दलहरूलाई आग्रह गरेका छन् । बिहीबारबाट सुरु भएको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आग्रह गरेका हुन् । ‘प्रतिपक्षीमाथि मेरो अनुरोध छ, हामीमाथि चौबिसै घण्टा निगरानी राख्नुहोला,’ लामिछानेले भने । साथै, उनले आफ्ना सांसदहरूलाई प्रश्न सोधेर आएको सम्झाउँदै जिम्मेवारी पनि उति नै रहने बताए ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले बालेन्द्र शाह नेतृत्वको सरकारलाई आशाको दियो बन्न सुझाव दिएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा दलीय आधारमा धारणा राख्दै शाहीले डढेलो बन्न खोजेमा भने निभाउने सामर्थ्य राख्ने चेतावनी दिएका छन् । ‘विगतका कमजोरी नदोहोरियोस्, जनताका आवाज सुन्ने शासन सञ्चालन होस्,’ शाहीले भने, ‘सत्ता सञ्चालनको संयन्त्र मात्र नभई जनताको आशा, भरोसा ...
। नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई पूरा कार्यकालका लागि शुभकामना दिएको छ । कांग्रेसका तर्फबाट बोलेका सांसद भीष्मराज आङ्देम्बेले विगतका ७५ वर्षमा कुनै पनि प्रधानमन्त्रीले लगातार ५ वर्ष शासन गर्न नपाएको स्मरण गराउँदै नयाँ प्रधानमन्त्रीलाई पूरा कार्यकालका लागि शुभकामना दिएका हुन् । उनले भने, ‘विगतका ७५ वर्षमा कुनै पनि प्रधानमन्त्रीले लगातार ५ वर्ष शासन गर्न सकेनन् । ...