मुख्य समाचार
नापी विभागले मातहतका कार्यालयमा पत्रचार गरेर बिचौलियालाई प्रवेश निषेध गर्न निर्देशन
नापी विभागले मातहतका कार्यालयमा पत्रचार गरेर बिचौलियालाई प्रवेश निषेध गर्न निर्देशन

। नापी विभागले मातहतका कार्यालयमा पत्रचार गरेर बिचौलियालाई प्रवेश निषेध गर्न निर्देशन दिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नापी विभागलाई पत्राचार गरेपछि देशभरका कार्यालयलाई परिपत्र गरिएको हो ।

सेवा प्रवाहलाई प्रभावकारी र गुनासो रहित बनाउन कार्यालयमा अनधिकृत व्यक्तिहरू (बिचौलिया) लाई प्रवेश निषेध गर्न परिचय खुल्ने कागजात हेरेर मात्र कार्यालयमा प्रवेश दिने व्यवस्था मिलाउन परिपत्र गरिएको छ ।

बिचौलियालाई प्रवेश निषेध गर्ने निर्देशन कार्यान्वयन भए/नभएको अनुगमन गरिने जानकारी पनि गराइएको छ । ‘जुनसुकै बेला अनुगमन हुने र कार्यान्वयन नभएको पाइएमा सम्बन्धित कार्यालय प्रमुख जिम्मेवार हुने,’ मन्त्रालयले नापी विभागलाई लेखेको पत्रमा उल्लेख छ । त्यही व्यहोरोको आधारमा रहेर नापी विभागले मातहतका कार्यालयमा पत्राचार गरेको हो ।

मन्त्रालयको निर्देशन कडाइका साथ कार्यान्वयन गर्न, कर्मचारीहरूले अनिवार्य रुपमा परिचयपत्र लगाउन, परिचय खुलेको कागजात देखाएर मात्र कार्यालयमा प्रवेश गर्न, कार्यालयमा अनावश्यक भिडभाड हुन नदिन निवेदन, कागजात देखाएर मात्र कार्यालयमा प्रवेश दिने व्यवस्था अबिलम्ब मिलाउन देशभरका कार्यालयलाई निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रास्वपा सभापति रवि लामिछानेले आफूहरूमाथि चौबिसै घण्टा निगरानी गर्न प्रतिपक्षी दलहरूलाई आग्रह गरेका छन् । बिहीबारबाट सुरु भएको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आग्रह गरेका हुन् । ‘प्रतिपक्षीमाथि मेरो अनुरोध छ, हामीमाथि चौबिसै घण्टा निगरानी राख्नुहोला,’ लामिछानेले भने । साथै, उनले आफ्ना सांसदहरूलाई प्रश्न सोधेर आएको सम्झाउँदै जिम्मेवारी पनि उति नै रहने बताए ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले बालेन्द्र शाह नेतृत्वको सरकारलाई आशाको दियो बन्न सुझाव दिएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा दलीय आधारमा धारणा राख्दै शाहीले डढेलो बन्न खोजेमा भने निभाउने सामर्थ्य राख्ने चेतावनी दिएका छन् । ‘विगतका कमजोरी नदोहोरियोस्, जनताका आवाज सुन्ने शासन सञ्चालन होस्,’ शाहीले भने, ‘सत्ता सञ्चालनको संयन्त्र मात्र नभई जनताको आशा, भरोसा ...
। नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई पूरा कार्यकालका लागि शुभकामना दिएको छ । कांग्रेसका तर्फबाट बोलेका सांसद भीष्मराज आङ्देम्बेले विगतका ७५ वर्षमा कुनै पनि प्रधानमन्त्रीले लगातार ५ वर्ष शासन गर्न नपाएको स्मरण गराउँदै नयाँ प्रधानमन्त्रीलाई पूरा कार्यकालका लागि शुभकामना दिएका हुन् । उनले भने, ‘विगतका ७५ वर्षमा कुनै पनि प्रधानमन्त्रीले लगातार ५ वर्ष शासन गर्न सकेनन् । ...
। सम्पत्ति शुद्धीकरण अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्ट पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अन्सन्धान ब्युरो (सीआईबी) ले व्यवसायी भट्टलाई काठमाडौंबाट पक्राउ गरेको एआईजी मनोज केसीले जानकारी दिए । सम्पत्ति शुद्धीकरण अनुसन्धान अघि बढेसँगै अध्यागमन विभागले व्यवसायी भट्टलाई अध्यागमनको कालोसूचीमा राखेको थियो । विभागले गत सोमबार अध्यागमन विभागलाई पत्र पठाएर उनको पासपोर्ट रोक्का राख्न अनुरोध गरेको ...
। श्रमसंस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले वृद्ध भत्ता, विद्यार्थी संगठन, ब्रिजकोर्स जस्ता सम्बन्धमा गरिएको निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै उनले सरकारसँग यस्तो माग गरेका हुन् । राम्रोसँग अध्ययन नगरी हतारहतार सरकारले ल्याएका कार्यक्रमहरू लागु गर्न नहुने उनले बताए । कुनै पनि निर्णय गर्नुअघि प्रतिपक्ष लगायत सबै पक्षको उचित सल्लाह ...