। नेपाली कांग्रेसका नेता एनपी साउदले पहिलो र दोस्रो पार्टी मिलेर सरकार चलाउँदा काम गर्न नसकेकाले कांग्रेसले अहिले क्षति बेहोर्नुपरेको बताएका छन् । बुधबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अगुवाइमा बसेको छलफलमा बोल्दै नेता साउदले केही भूराजनीतिक विषयमा ध्यान नपुग्दा पनि क्षति पुगेको बताएका हुन् ।
‘पहिलो र दोश्रो पार्टीको गठबन्धन बनेर काम गर्न सकिएन,’ उनले भने, ‘जिओपोलिटिकल र देशभित्रका कुरालाई ध्यान पुगेन ।’
निर्वाचन आयोगले विशेष अधिवेशनको भेरिफिकेसन नै नगरी आधिकारिकता दिएको उनदले बताए । ‘हामीसँग नम्बर, सरकार, बहुमत सबै कुरा थियो, तर हामी चुक्यौं,’ उनले भने ।
अहिलेको गतिविधि समानान्तर नभई अन्तर्संघर्ष रहेको उनले टिप्पणी गरे ।