मुख्य समाचार
नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद ए मनिकरले उपराष्ट्रपति रामसहाय यादवसँग शिष्टाचार भेट
नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद ए मनिकरले उपराष्ट्रपति रामसहाय यादवसँग शिष्टाचार भेट

। नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद ए मनिकरले उपराष्ट्रपति रामसहाय यादवसँग शिष्टाचार भेट गरेका छन् । राजदूत मनिकरले बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा पुगेर शिष्टाचार भेटवार्ता गरेका हुन् ।

भेटवार्ताका क्रममा उपराष्ट्रपति यादवले महामहिम राजदूतलाई नेपालमा नियुक्ति भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । सन् १९७७ मार्चमा नेपाल र साउदी अरेबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई मुलुकको सम्बन्ध मित्रता, सद्भावना, आपसी समझदारी र सहयोगमा आधारित रहेको उनले बताए ।

यस्तै उपराष्ट्रपति यादवले नेपाली कामदारका लागि साउदी अरब प्रमुख गन्तव्य रहेको औँल्याउँदै उनीनहरूको हकहितको संरक्षणमा साउदी सरकारको सहयोगप्रति विश्वास व्यक्त गरे ।

यस्तै उनले नेपालको पूर्वाधार, सूचना प्रविधि, ऊर्जा, पर्यटन, खानी तथा कृषि क्षेत्रमा साउदी अरेबियासहित मित्रराष्ट्रहरूको लगानी र सहयोगको अपेक्षा व्यक्त गरे ।

यस्तै उनले पश्चिम एसियामा विकसित द्वन्द्वका घटनाप्रति गम्भिर चासो राखेका थिए । महामहिम राजदूत फाहद

भेटमा राजदूत मनिकरले नेपालको विकासमा साउदी अरेबिया विभिन्न क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको बताए । उनले आर्थिक क्षेत्रमा विशेष सहकार्यको सम्भावना रहेको उल्लेख गर्दै आफ्नो कार्यकालमा नेपाल–साउदी सम्बन्धलाई थप बलियो बनाउन प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण परीक्षा केन्द्रबाट नै गर्नेगरी निर्देशिका जारी गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा सस्मित पोखरेल नियुक्त भएपछि एसईईको नतिजा १ महिना भित्र सार्वजनिक गर्न निर्देशन दिएका थिए । प्रधानमन्त्री बालेन शाहसँग परामर्श गरेपछि १ महिनामा नतिजा सार्वजनिक गर्नेगरी काम गर्न बोर्डलाई निर्देशन दिइएको थियो । सोही ...
। नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (सहित)का साना दलहरूले संसद्मा सबैतिर आफ्नो उपस्थिति खोजेका छन् । २१ फागुनको निर्वाचनबाट ६ वटा दलले राष्ट्रिय दलको मान्यता पाएका छन् । यी ६ वटा दलको सर्वदलीय बैठक बुधबार बसेको थियो । सिंहदरबारस्थित कानुन न्याय तथा मानवअधिकार समितिको सभाकक्षमा दिउँसो साढे १ बजेदेखि करिब ३ बजेसम्म सर्वदलीय बैठक बसेको थियो ...
। नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले कांग्रेस अहिलेको हालतमा पुग्नुको कारण विशेष महाधिवेशन रहेको टिप्पणी गरेका छन् । बुधबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अगुवाइमा भएको छलफलमा बोल्दै नेता सिंहले यस्तो टिप्पणी गरेका हुन् । ‘हामी भदौ २३ र २४ पछि पनि अलि अल्छी भयौं । कांग्रेस अहिलेको अवस्थामा आइपुग्नुको कारण विशेष अधिवेशन नै हो,’ ...
मालपोत कार्यालय पर्साका तत्कालीन चार जना मालपोत अधिकृतहरूसहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
। नेपाली कांग्रेसका नेता एनपी साउदले पहिलो र दोस्रो पार्टी मिलेर सरकार चलाउँदा काम गर्न नसकेकाले कांग्रेसले अहिले क्षति बेहोर्नुपरेको बताएका छन् । बुधबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अगुवाइमा बसेको छलफलमा बोल्दै नेता साउदले केही भूराजनीतिक विषयमा ध्यान नपुग्दा पनि क्षति पुगेको बताएका हुन् । ‘पहिलो र दोश्रो पार्टीको गठबन्धन बनेर काम गर्न सकिएन,’ उनले ...