मुख्य समाचार
दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्सलाई पराजित
दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्सलाई पराजित

। समीर रिज्भी र ट्रिस्टन स्टब्सको शतकीय साझेदारी मद्दतमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको छ ।

बुधबार भएको खेलमा दिल्लीले लखनउलाई ६ विकेटले पराजित गरेको हो । दिल्लीले दिएको १४२ रनको लक्ष्य लखनउले १७ बल अगावै पूरा गर्‍यो । ३ रन आवश्यक छँदा रिज्भीले छक्का प्रहार गरे ।

समीरले ४७ बलमा अविजित ७० रन बनाए भने स्टब्स ३२ बलमा ३९ रनमा अविजित रहे । २६ रनमा ४ विकेट गुमेको अवस्थाबाट दिल्लीका लागि समीर र स्टब्स मिलेर ११९ रनको साझेदारी गरे ।

लक्ष्य पछ्याउने क्रममा दिल्ली सुरुवातदेखि दबाबमा आएको थियो । ओपनर केएल राहुल पहिलो बलमै आउट हुँदा पथुम निसान्का १, नितिश राना १५ अनि कप्तान अक्षर पटेल शून्यमै आउट भएपछि दिल्ली २६-४ को अवस्थामा पुगेको थियो । त्यसपछि दिल्लीले विकेट गुमाएन ।

लखनउका लागि प्रिन्स यादवले २ विकेट लिँदा मोहम्मद शामी र मोहसिन खानले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले १८.४ ओभरमा अलआउट हुँदै १४१ रन बनाएको थियो । अब्दुल समदले सर्वाधिक ३६ रन बनाए भने मिचेल मार्शले ३५ रन बनाए । शाहबाज अहमद १५ रनमा अविजित रहँदा मुकुल चौधरीले १४ रन बनाए ।

दिल्लीका लागि टी नटराजन र लुंगी एंगिडीले ३-३ विकेट लिए भने कुलदीप यादवले २ विकेट लिँदा कप्तान अक्षर पटेलले १ विकेट लिए ।

जितसँगै २ अंक जोडेको दिल्ली अंकतालिकामा तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...