मुख्य समाचार
जगदुल्ला ‘ए’ जलविद्युत् आयोजनाबाट उत्पादन हुने १२४.३५ मेगावाट विद्युत् ४०० केभी प्रसारण लाइनमा जडान गर्ने सम्बन्धी सहमति
जगदुल्ला ‘ए’ जलविद्युत् आयोजनाबाट उत्पादन हुने १२४.३५ मेगावाट विद्युत् ४०० केभी प्रसारण लाइनमा जडान गर्ने सम्बन्धी सहमति

। जगदुल्ला ‘ए’ जलविद्युत् आयोजनाबाट उत्पादन हुने १२४.३५ मेगावाट विद्युत् ४०० केभी प्रसारण लाइनमा जडान गर्ने सम्बन्धी सहमति भएको छ ।

जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेड र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड बिच जगदुल्ला–ए जलविद्युत आयोजनाबाट उत्पादन हुने १२४.३५ मेगावाट विद्युत् निकासीका लागि सहमति भएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिए ।




डोल्पा र जाजरकोटको सीमा क्षेत्र मुड्केचुला गाउँपालिका–४ डोल्पा र नलगाड नगरपालिका–१३ क्षेत्रमा उक्त आयोजना निर्माण हुनेछ । सुरुमा आयोजनालाई ८२.३ मेगावाट क्षमतामा निर्माण गर्ने प्रस्ताव गरिए पनि पछि आयोजनाको क्षमता बढाएर १२४.३५ मेगावाट क्षमतामा निर्माण गर्न लागिएको उनले जानकारी दिए ।

कम्पनीले यो आयोजनालाई पिकिङ रन अफ द रिभर प्रकृतिमा विकास गर्न लागेको छ । कम्पनीका अनुसार, हालसम्म आयोजनाको निर्माणपूर्व गर्नुपर्ने सम्भाव्यता अध्ययन र विस्तृत इन्जिनियरिङ अध्ययनलगायत पूर्वतयारीका काम पुरा भएको छ । वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृतको चरणमा रहेको छ । २५ अर्ब ऋण व्यवस्थापन भइरहेको छ ।




एनईए इन्जिनियरिङ कम्पनीले विस्तृत अध्ययन गर्न सन् २०२० डिसेम्बरमा कम्पनीसँग सम्झौता गरेको थियो । विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) लगायतका काम सकेर आगामी आर्थिक वर्ष २०८३/०८४ देखि आयोजनालाई निर्माणको चरणमा लैजाने गरी काम भइरहेको कम्पनीले जनाएको छ ।

कुल ७ किलोमिटरको सुरुङमार्गमार्फत जगदुल्ला जलविद्युत् आयोजनाको विद्युत् उत्पादन भई निस्कने पानीलाई सिधै डाइभर्सन बनाएर नलगाड नगरपालिका–१३ स्थित दामाचौर भन्ने ठाउँमा पुर्याएर विद्युत् उत्पादन गरिनेछ ।

आयोजनाबाट उत्पादन हुने बिजुली १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरी नलगाडको दानीपिपलमा रहेको ४०० केभी प्रसारण लाइनको सबस्टेसनमा लगेर जोड्ने योजना छ ।

कुल ४ वर्षभित्र निर्माण सम्पन्न गरेर आयोजनाबाट व्यावसायिक विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

४०० केभी प्रसारण लाइन निर्माण हुने

भेरी कोरिडोर भित्र रहेको विद्युतलाई केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि ४०० केभी प्रसारण लाइन निर्माण हुने छ । सुर्खेतको भेरीगंगा नगरपालिका–८ मैनतडा र जाजरकोटको नलगाड नगरपालिका–७ दानी पिपलमा प्रसारण लाइन निर्माण हुने भएको हो ।

करिब ७५ किलोमिटर लम्बाइ रहेको प्रसारण लाइन निर्माण गर्नका लागि अर्थ मन्त्रालयसँग छलफल भइरहेको राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सागर श्रेष्ठले बताए । हाल मैनतडा र दानी पिपलमा जग्गा अधिग्रहणको काम पुरा भइसकेको छ । करिब ८ अर्बमा प्रसारण लाइन निर्माण हुने अनुमान छ ।

त्यस्तै ६ अर्ब रुपैयाँमा दानी पिपल र मैनतडामा सबस्टेसन निर्माण गर्न लागिएको उनले जानकारी दिए ।

दानी पिपल लगायतका सबस्टेसन निर्माण कार्य सुरु गरेको ४ वर्षभित्र पूरा गर्ने लक्ष्य छ । सुरुको नलगाड सबस्टेसन दानी पीपल र अन्तिम बिन्दु सुर्खेतको मैनतडा सबस्टेसनमा रहने छ ।

सन् २०२३ डिसेम्बरबाट निर्माण थालेर सन् २०२७ नोभेम्बरमा सक्ने लक्ष्य भए पनि आर्थिक व्यवस्थापनको काम नहुँदा ढिला भएको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । उक्त प्रयोजनका लागि अर्थ मन्त्रालयले छनोट सम्बन्धी कार्यविधि बनाएको छ । सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत वैकल्पिक विकास वित्त कोष कार्यान्वयन घोषणा गरेको थियो । सोही अनुसार वैकल्पिक विकास वित्त परिचालन ऐन २०८३ समेत स्वीकृत गरी कार्यान्वयनमा ल्याएको ...
। नेपाल राष्ट्र बैंकले नियमित कार्यालय समयमा खुद्रा नोट सटही सुविधा उपलब्ध गराएको छ । यसपालि दसैंमा केन्द्रीय बैंकले मिति तोकेर नयाँ नोट वितरण नगरी नियमित कामकै रूपमा यस्तो सेवा दिने भएको हो । केन्द्रीय बैंकले यसपालि नयाँ तथा खुद्रा नोट सटहीको औपचारिक सूचना जारी नगर्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालले बताए । ‘दसैंका बेला नयाँ ...
। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । इन्डियन आयल कर्पोरेसनबाट मूल्यवृद्धि भएर आएको भएपनि भोटेकोशीमा आएको असाधारण बाढीपहिरोका कारण सिर्जित परिस्थिति, आउँदै गरेका चाडपर्व तथा उपभोक्ताको हितलाई हेरेर मूल्य यथावत् राखेको निगमले जनाएको छ । निगमका विज्ञप्तिअनुसार यसरी पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्दा निगमलाई पाक्षिक ३ अर्ब २० करोड ३८ लाख घाटा हुने ...
। नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ । कतारको राजधानी दोहामा जारी बैंकको गभर्नर परिषद्को ११औँ वार्षिक बैठकको अवसरमा नेपाललाई आगामी वर्षका लागि गैर–क्षेत्रीय सदस्य मुलुकतर्फको उपाध्यक्ष पदमा चयन गरिएको हो । एआईआईबीको संगठनात्मक संरचनाअनुसार एक जना अध्यक्ष तथा क्षेत्रीय र गैर–क्षेत्रीय सदस्य मुलुकहरूबाट उपाध्यक्ष रहने प्रावधान छ । यस ...
: नेपाल राष्ट्र बैंकले १ हजार रुपैयाँ दरको नयाँ नोट आजदेखि चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकले साविककै आकारमा रङमा परिवर्तन गरेर नयाँ विशेषतासहितको ‘सिरिज २०२५’ को १ हजार रुपैयाँको नोट चलनचल्तीमा ल्याएको जनाएको छ। एक सूचना जारी गर्दै राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले आजदेखि नयाँ नोट चलनचल्तीमा आउने जानकारी दिएको छ। नयाँ नोटमा बैजनी रङको ...