मुख्य समाचार
कांग्रेसका रणबहादुर रावलले गगन थापा नेतृत्वको कार्यसमितिलाई सर्वोच्चको फैसला नआएसम्म आधिकारिक मान्न नसकिने बताए
कांग्रेसका रणबहादुर रावलले गगन थापा नेतृत्वको कार्यसमितिलाई सर्वोच्चको फैसला नआएसम्म आधिकारिक मान्न नसकिने बताए

। नेपाली कांग्रेसका नेता डा. रणबहादुर रावलले गगन थापा नेतृत्वको कार्यसमितिलाई सर्वोच्चको फैसला नआएसम्म आधिकारिक मान्न नसकिने बताएका छन् । बुधबार खड्का–कोइराला समूहले आयोजना गरेको छलफलस्थलमा पत्रकारसँग कुराकानी गर्दै रावलले तत्कालीन केन्द्रीय समितिको आह्वानबेगर भएको विशेष महाधिवेशन वैधानिक नै नभएको बताएका हुन् ।

‘तत्कालीन महामन्त्री गगन थापालगायत साथीहरूले एक किसिमको भेला गरेर एउटा समिति बनाएता पनि वास्तवमा हामीले सर्वोच्च अदालतको निर्णय नआएसम्म हामीले वैधानिक मानेका छैनौँ,’ नेता रावलले भने ।

सोही कारण तत्कालीन सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा रिट निवेदन दिएको उनले बताए । उनले भने, ‘सर्वोच्च अदालतमा मुद्दा छ । त्यसको छिटो छिनोफानो होस् भन्ने हामीले चाहेका छौँ ।’

विशेष महाधिवेशन विधिविधान विपरीत भएको उनले दाबी गरे । ‘विधि विधानले नभएर एउटा हुल र भेलाले गरेको एउटा कमिटी भएकाले हाम्रो वैचारिक द्वन्द्व छ,’ उनले भने, ‘उहाँहरूले जे गर्नुभएको छ, त्यसलाई निर्वाचन आयोगले सही हो भन्दिएको अवस्था छ, अध्ययन नगरेरै ।’

कांग्रेस विधिपद्धति, मूल्यमान्यता मान्ने पार्टी भएकाले १४ औँ महाधिवेशनबाट निर्वाचित भएको नेतृत्व अर्को अधिवेशन नभएसम्म सहज रूपमा नहट्ने उनले दाबी गरे । आधिकारिक विशेष महाधिवेशन बोलाउने अधिकार पनि केन्द्रीय कार्यसमितिकै हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण परीक्षा केन्द्रबाट नै गर्नेगरी निर्देशिका जारी गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा सस्मित पोखरेल नियुक्त भएपछि एसईईको नतिजा १ महिना भित्र सार्वजनिक गर्न निर्देशन दिएका थिए । प्रधानमन्त्री बालेन शाहसँग परामर्श गरेपछि १ महिनामा नतिजा सार्वजनिक गर्नेगरी काम गर्न बोर्डलाई निर्देशन दिइएको थियो । सोही ...
। नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (सहित)का साना दलहरूले संसद्मा सबैतिर आफ्नो उपस्थिति खोजेका छन् । २१ फागुनको निर्वाचनबाट ६ वटा दलले राष्ट्रिय दलको मान्यता पाएका छन् । यी ६ वटा दलको सर्वदलीय बैठक बुधबार बसेको थियो । सिंहदरबारस्थित कानुन न्याय तथा मानवअधिकार समितिको सभाकक्षमा दिउँसो साढे १ बजेदेखि करिब ३ बजेसम्म सर्वदलीय बैठक बसेको थियो ...
। नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले कांग्रेस अहिलेको हालतमा पुग्नुको कारण विशेष महाधिवेशन रहेको टिप्पणी गरेका छन् । बुधबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अगुवाइमा भएको छलफलमा बोल्दै नेता सिंहले यस्तो टिप्पणी गरेका हुन् । ‘हामी भदौ २३ र २४ पछि पनि अलि अल्छी भयौं । कांग्रेस अहिलेको अवस्थामा आइपुग्नुको कारण विशेष अधिवेशन नै हो,’ ...
मालपोत कार्यालय पर्साका तत्कालीन चार जना मालपोत अधिकृतहरूसहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
। नेपाली कांग्रेसका नेता एनपी साउदले पहिलो र दोस्रो पार्टी मिलेर सरकार चलाउँदा काम गर्न नसकेकाले कांग्रेसले अहिले क्षति बेहोर्नुपरेको बताएका छन् । बुधबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अगुवाइमा बसेको छलफलमा बोल्दै नेता साउदले केही भूराजनीतिक विषयमा ध्यान नपुग्दा पनि क्षति पुगेको बताएका हुन् । ‘पहिलो र दोश्रो पार्टीको गठबन्धन बनेर काम गर्न सकिएन,’ उनले ...