मुख्य समाचार
विराटनगरस्थित दुग्ध वितरण आयोजनाले पूर्वका दुग्ध कृषकलाई ११ करोड रुपैयाँ बढी भुक्तानी गर्न बाँकी
विराटनगरस्थित दुग्ध वितरण आयोजनाले पूर्वका दुग्ध कृषकलाई ११ करोड रुपैयाँ बढी भुक्तानी गर्न बाँकी

: विराटनगरस्थित दुग्ध वितरण आयोजनाले पूर्वका दुग्ध कृषकलाई ११ करोड रुपैयाँ बढी भुक्तानी गर्न बाँकी रहेको जनाएको छ । आयोजनाका अनुसार हालसम्म करिब ११ करोड ९६ लाख रुपैयाँ बराबर दूधको बक्यौता तिर्न बाँकी रहेको छ ।


चालू आर्थिक वर्षको साउन मसान्तदेखि चैत्र मध्यसम्म आयोजनाले करिब २४ करोड ४१ लाख ५० हजार रुपैयाँ दुग्ध कृषकलाई भुक्तानी गरिसकेको जनाएको छ । गत असोज मसान्तसम्मको बक्यौता रकम भने पूर्णरुपमा भुक्तानी गरिसकिएको र त्यसपछिको रकम तिर्न बाँकी रहेको निमित आयोजना प्रमुख नविनकिशोर शर्माले जानकारी दिए ।


उनका अनुसार आयोजनामा करिब १२ करोड रुपैयाँ बराबरको ९४ मेट्रिक टन पाउडर दूध र ७० मेट्रिक टन मक्खन मौज्दात रहेकाले नगद प्रवाहमा समस्या देखिएको छ । उनले उत्पादित सामग्री बिक्री हुन नसक्दा किसानलाई समयमै भुक्तानी गर्न कठिनाइ भएको जनाए । बिराटनगरमा दुग्ध संकलनमा समेत गिरावट आएको छ । पहिले दैनिक करिब १५ हजार लिटर दूध संकलन हुने गरेकोमा हाल घटेर १० देखि ११ हजार लिटरमा सीमित भएको आयोजनाले जनाएको छ ।



संकलित दूधमध्ये करिब ५ हजार लिटर विभिन्न दुग्धजन्य सामग्री उत्पादनमा प्रयोग हुने र बाँकी दूधलाई पाउडर बनाएर भण्डारण गर्ने गरिएको छ । दूध संकलन घटेपछि हाल हप्तामा दुई दिन मात्र पाउडर दूध उत्पादन गरिँदै आएको आयोजनाले जनाएको छ । बजार व्यवस्थापन र बिक्री वृद्धि हुन नसक्दा मौज्दात बढ्दै गएको र त्यसले किसानको भुक्तानीमा प्रत्यक्ष असर परेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वार्षिक ६ प्रतिशत ब्याजदर दिने गरी निष्कासन गरेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि खुला गरेको छ । बैंकले ‘६ प्रतिशत आरबिबिएल डिबेन्चर २०८९’ नामको ऋणपत्रमा आज असोज २९ गतेदेखि आवेदन दिन सकिने जनाएको छ । सात वर्ष अवधिको उक्त ऋणपत्रमा कात्तिक १० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा पूर्ण ...
। कृषि, वन तथा पर्यावरण मन्त्रालयले बर्दिया र रौतहटका उखु किसानलाई अनुदान बापत १० करोड ४३ लाख रुपैयाँ भुक्तानीका लागि निकासा गरेको छ । गत आर्थिक वर्षको उखु उत्पादनमा आधारित अनुदान बापत पाउनुपर्ने उक्त रकम मन्त्रालयले सम्बन्धित जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मा निकासा गरेको हो । मन्त्रालयका अनुसार उक्त रकम बर्दिया र रौतहटका ४ ...
। अर्थ मन्त्रालयले भोटेकोशी बाढीले राजस्व संकलन प्रभावित हुने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक अर्थ बुलेटिन सार्वजनिक गर्दै अर्थले खर्चको दायित्व बढ्ने, नाका बन्द हुने र कर छुट लगायत प्रावधानले चालु आव २०८३/८४ मा स्रोतमा थप चाप पर्ने बताएको हो । मन्त्रालयले भोटेकोशी बाढीपछिको राहत तथा पुनर्निर्माण बजेटको एक तिहाइभन्दा बढी हुने ...
। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पनि चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशत हुने प्रक्षेपण गरेको छ । त्यस्तै गत आव २०८२/८३ (सन् २०२७) मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा सीमित भएको प्रक्षेपण पनि आईएमएफले गरेको छ । आईएमएफले मंगलबार सार्वजनिक गरेको उसको फ्ल्यागसिप प्रकाशन ‘वर्ल्ड इकोनोमिक आउटलुक’ (डब्लूईओ) को अक्टोबर संस्करणले यस्तो प्रक्षेपण गरेको ...
: सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा करिब ६७ करोड रुपैयाँको धान खरिद गर्ने भएको छ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको पहलमा मन्त्रालयले वैज्ञानिक ढंगबाट निर्धारण गरेको धानको न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँ रकमबराबरको धान खरिद गर्ने भएको हो। धानको न्यूनतम समर्थन मूल्यमा १५ हजार टन धान खरिद गर्ने योजना बनाएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम