: सङ्खुवासभाको पाँचखपन नगरपालिका–४ खानीगाँउमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । वानाबाट टिम्मुरेतर्फ जाँदै गरेको प्र १–०२–००३त ३८६६ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई आज बिहान दुर्घटना हुँदा पाँचखपन–४ का २१ वर्षीय रोशन श्रेष्ठको मृत्यु भएको प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए।
ट्रयाक्टरमा सहयोगी काम गर्ने २१ वर्षीय श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले ट्रयाक्टर चालक पाँचखपन–३ सिभुवाका १८ वर्षीय विकास दर्जीलाई नियन्त्रणमा लिएको छ ।