मुख्य समाचार
गृहमन्त्री सुधन गुरुङले नागरिकमैत्री, स्वच्छ, पारदर्शी र सेवामूलक प्रहरी सेवा प्रदान गर्न निर्देशन
गृहमन्त्री सुधन गुरुङले नागरिकमैत्री, स्वच्छ, पारदर्शी र सेवामूलक प्रहरी सेवा प्रदान गर्न निर्देशन

: गृहमन्त्री सुधन गुरुङले नागरिकमैत्री, स्वच्छ, पारदर्शी र सेवामूलक प्रहरी सेवा प्रदान गर्न निर्देशन दिएका छन् । बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंको स्थलगत निरीक्षण गर्दै मन्त्री गुरुङले सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई नागरिकमैत्री, स्वच्छ, पारदर्शी र सेवामूलक सेवा प्रदान गर्न निर्देशन दिएका हुन् ।
साथै उनले प्रहरी सेवामा प्रविधिको प्रयोगको सन्दर्भमा सरकारले आवश्यक व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएको परिसर प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए । गृहमन्त्री गुरुङले महिला र बालबालिकामा हुने हिंसा नियन्त्रण र त्यसमा संलग्नहरुलाई कडा कार्वाही गर्न समेत निर्देशन दिएका छन् ।

निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले परिसरबाट भइरहेको काम कारवाही, सेवा प्रवाह र अपराध अनुसन्धानका बिषयमा जानकारी लिएको परिसर प्रमुख एसएसपी थापाले बताए ।

त्यस्तै एसएसपी थापाले काठमाडौंमा १३ सय भन्दा बढि सीसिटिभी रहेकोमा जेनजी आन्दोलनका क्रममा भएको तोडफोडपछि ९ सय ३७ वटा सीसिटिभी पुनः जडान भइसकेको जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कपिलवस्तुको छुट्टाछुट्टै दुई स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्युु भएको छ । कपिलवस्तु नगरपालिका–९ जगदीशपुरको जर्लैया जाने चोक निर लु २ ख ६४५५ टिप्परको ठक्करबाट परीक्षा दिएर घर फर्किरहेकी ९ बर्षीया छात्रा आशिका खत्रीको मृत्यु भएको छ । यसै गरी गरी कृष्णनगरमा चन्द्रौटाबाट कृष्णनगरतर्फ जाँदै गरेको रा १ ख २१४२ नम्बरको बसको ...
: मकवानपुरको बागमती गाउँपालिकामा– १ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीले चट्याङ लागेर अजय पहरीको मृत्यु भएको जानकारी दिए। उनका अनुसार चट्याङ लागेर उज्ज्वल थोकर घाइते भएका छन्। उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाई छ ।
जेन–जी आन्दोलनमा भैंसेपाटीस्थित मन्त्रीनिवास खरानी भएपछि कृषि तथा पशुपन्छीका साथै वन तथा वातावरणमन्त्री गीता चौधरीको बास सदर चिडियाखानाभित्र छ
: जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी हिरासतमा रहेका व्यक्तिहरूलाई धरौटीमा छुटाइदिने प्रलोभन देखाई ९ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-८, मण्डिखाटार बस्ने ४५ वर्षीय हरि बहादुर थापा मगर र उनकी श्रीमती ३७ वर्षीया मिठु मगर (अनिता थापा मगर) रहेका छन्। प्रहरीका अनुसार गत भदौ २३ र २४ गतेको ...
: नेपाली कांग्रेसले पार्टीको लेटरहेड दुरुपयोग गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ । बुधबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको वैठकले पार्टीको नक्कली लेटरप्याड वनाएर प्रयोग गरी आफूसँग नभएको जम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारी रहेको वक्तव्य जारी गर्ने काम भएको भन्दै लेटरहेड दुरुपयोग गरे कारवाही गर्ने चेतावनी दिएको हो । अब उप्रान्त ...