: राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा बसेको छ। नारायण प्रसाद दाहालको अध्यक्षतामा बसेको
बैठकले बिहीबारदेखि शुरु हुने २० औँ अधिवेशनको पूर्वतयारी, राष्ट्रिय सभा उपाध्यक्ष र सभापतिको निर्वाचन, नवनिर्वाचित सदस्यहरुलाई समितिमा विभाजन लगायतका विषयमा छलफल भएको हो।
बैठकमा अध्यक्ष दाहालले राष्ट्रिय सभाको २० औँ अधिवेशन सफल बनाउन सबै राजनीतिक दलको सक्रिय सहभागिता र रचनात्मक भूमिकाको अपेक्षा गरेको बताउँदै सहकार्य र सहजीकरणका लागि आग्रह गरे।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसमेत सहभागी थिइन्।