मुख्य समाचार
ठमेल क्षेत्रबाट पक्राउ परेका युगाण्डाका २० जना महिलालाई सरकारले निष्कासन गर्ने तयारी
ठमेल क्षेत्रबाट पक्राउ परेका युगाण्डाका २० जना महिलालाई सरकारले निष्कासन गर्ने तयारी

: ठमेल क्षेत्रबाट पक्राउ परेका युगाण्डाका २० जना महिलालाई सरकारले निष्कासन गर्ने तयारी गरेको छ। ठमेलका विभिन्न सार्वजनिक स्थानमा विदेशी तथा स्वदेशी पर्यकहरूलाई दुःख दिने, अश्लील हर्कत देखाउने गरेको पाइएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान गरेर निष्कास गर्ने तयारी गरिएको अध्यागमन स्रोतले जानकारी दिएको छ।


सार्वजनिक स्थलमै पर्यटक तथा सर्वसाधारण पुरुषलाई बाटो छेकी अश्लील गतिविधिसम्बन्धी मोलमोलाइ गर्ने र अवैध यौन धन्दा सञ्चालन गरेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई ठमेलस्थित फायरचोक आसपासबाट पक्राउ गरेको थियो।


सम्झाइ-बुझाइ गर्न खोज्दा ती महिलाहरूले उल्टै प्रहरीमाथि अपशब्द प्रयोग गर्दै धक्कामुक्का गरेको र सर्वसाधारणलाई समेत हैरानी दिएको प्रहरी अधिकारीले जनाएका छन्। त्यसपछि उनीहरूलाई अभद्र व्यवहार मुद्दामा पक्राउ गरी अनुसन्धान अघि बढाइएको थियो। जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरूलाई जनही ७०० रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी निष्कासनका लागि अध्यागमन कार्यालय कालिकास्थान पठाइएको स्रोतले जनाएको छ।

पक्राउ पर्नेमा ब्रेन्डा नाफुना, हाजलाह नान्दुत, प्रोसी किरावो, सिल्भिया तुशेमेरेइरवे, मार्ग्रेट कालुले नाबुन्न्या, ग्रेस तुमुसीमे, हदिजाह नागावा, शादिया नाकिमेरा, डाफाइन म्बाबाजी, शिफ्रान अम्पेइरे, बेट्टी नान्दुदु, फ्रान्सिका नाम्बोजो, हासिफा नाकालेम्बे, हाजराह बातामुलिसा कालामा, म्याक्लिन निमुसीमा, बेना नाकाटो नाकान्जाको, नान्यान्जी जुलिएट, कासिफा नात्तु, रोबिनाह नालुमान्सी र स्पेसिओजा नाल्वाड्डा छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कपिलवस्तुको छुट्टाछुट्टै दुई स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्युु भएको छ । कपिलवस्तु नगरपालिका–९ जगदीशपुरको जर्लैया जाने चोक निर लु २ ख ६४५५ टिप्परको ठक्करबाट परीक्षा दिएर घर फर्किरहेकी ९ बर्षीया छात्रा आशिका खत्रीको मृत्यु भएको छ । यसै गरी गरी कृष्णनगरमा चन्द्रौटाबाट कृष्णनगरतर्फ जाँदै गरेको रा १ ख २१४२ नम्बरको बसको ...
: मकवानपुरको बागमती गाउँपालिकामा– १ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीले चट्याङ लागेर अजय पहरीको मृत्यु भएको जानकारी दिए। उनका अनुसार चट्याङ लागेर उज्ज्वल थोकर घाइते भएका छन्। उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाई छ ।
जेन–जी आन्दोलनमा भैंसेपाटीस्थित मन्त्रीनिवास खरानी भएपछि कृषि तथा पशुपन्छीका साथै वन तथा वातावरणमन्त्री गीता चौधरीको बास सदर चिडियाखानाभित्र छ
: जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी हिरासतमा रहेका व्यक्तिहरूलाई धरौटीमा छुटाइदिने प्रलोभन देखाई ९ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-८, मण्डिखाटार बस्ने ४५ वर्षीय हरि बहादुर थापा मगर र उनकी श्रीमती ३७ वर्षीया मिठु मगर (अनिता थापा मगर) रहेका छन्। प्रहरीका अनुसार गत भदौ २३ र २४ गतेको ...
: नेपाली कांग्रेसले पार्टीको लेटरहेड दुरुपयोग गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ । बुधबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको वैठकले पार्टीको नक्कली लेटरप्याड वनाएर प्रयोग गरी आफूसँग नभएको जम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारी रहेको वक्तव्य जारी गर्ने काम भएको भन्दै लेटरहेड दुरुपयोग गरे कारवाही गर्ने चेतावनी दिएको हो । अब उप्रान्त ...