— इटाली विश्वकप २०२६ का लागि छनोट हुन मंगलबार असफल भएको छ । कुनै समयको विश्व फुटबल महाशक्ति इटाली विश्वकपमा छनोट हुन नसकेको यो लगातार तेस्रो पल्ट हो ।
पेनाल्टी सुटआउटमा इटाली बोस्निया एन्ड हर्ज गोभिनाको हातबाट ४–१ ले पराजित रह्यो । यसअघिको खेल १–१ को बराबरीमा रहेको थियो । जितपछि बोस्निया एन्ड हर्ज गोभिनाले अबको विश्वकपको टिकट काटेको छ ।
युरोपेली छनोटको प्ले अफबाट विश्वकप पुग्ने अन्य टिममा टर्की, स्विडेन र चेक गणतन्त्र पनि रहे । टर्कीले कोसोभोलाई १–० ले हरायो र त्यसमा केरेम अकटुरकोग्लुले निर्णायक गोल गरे ।
स्विडेनले भने पोल्यान्डमाथि ३–२ को जित रच्यो । यस्तै चेक गणतन्त्रले डेनमार्कलाई ३–२ ले हरायो ।