मुख्य समाचार
नेकपा एमाले संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने
नेकपा एमाले संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने

: नेकपा एमाले संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने भएको छ। पार्टी उपाध्यक्ष रामबहादुर थापा र युवा नेता सुहाङ नेम्वाङबीच दलको नेताका लागि चुनावी प्रतिस्पर्धा हुने भएको हो।


एमाले सांसद ऐन महरले दुई सांसदबीच दलको नेताका लागि चुनावी प्रतिस्पर्धा हुने र निर्वाचन पनि आजै सम्पन्न हुने जानकारी दिएको छ। संसदीय दलको नेता चयन गर्न एमाले पदाधिकारीहरूले सर्वसम्मत प्रयास गरे पनि सफल हुन सकेन।


पदाधिकारीसमेत रहेका रामबहादुर थापा र युवा नेता सुहाङ नेम्वाङले दलको नेताका लागि दाबी गरेपछि चुनावी प्रतिस्पर्धा हुन लागेको एमाले नेताहरूले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसले पार्टीको लेटरहेड दुरुपयोग गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ । बुधबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको वैठकले पार्टीको नक्कली लेटरप्याड वनाएर प्रयोग गरी आफूसँग नभएको जम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारी रहेको वक्तव्य जारी गर्ने काम भएको भन्दै लेटरहेड दुरुपयोग गरे कारवाही गर्ने चेतावनी दिएको हो । अब उप्रान्त ...
: नेपाल इन्भेस्टमेन्ट मेगा बैंक तौलिहवा शाखाका एक कर्मचारीलाई ग्राहकको बैंक खाताबाट आफ्नो व्यक्तिगत बैंक खातामा १ करोड ६५ लाख रुपैयाँ रकमान्तरण गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही बैंकका कर्मचारी कपिलवस्तु नगरपालिका–३ निवासी २८ वर्षीय रिसभ कार्की रहेका छन्। पक्राउ परेका कार्कीले मोबाइल बैंकिङ प्रणालीभित्र प्रवेश गरी १६ ...
जिल्ला सदरमुकामलगायत चारै स्थानीय निकायमा प्रभावकारी इन्टरनेट तथा मोबाइल सेवा अझै विस्तार हुन नसकेको भन्दै काठमाडौंमा बस्दै आएका युवाहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।
: नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा चयन भएका छन्। सुहाङ नेम्वाङले आफ्नो उम्मेदवारीबाट पछि हटेपछि थापा सर्वसम्मत दलको नेतामा चयन भएका हुन्। यसअघि उनीहरूबीच प्रतिस्पर्धा हुने तयारी भएको थियो। तर, सुहाङले प्रस्तावक र समर्थक नपाएपछि चुनावी प्रतिस्पर्धाबाट पछि हटेको एमालेका एक सांसदले अन्नपूर्णलाई बताए।
: नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा निर्विरोध निर्वाचित भएका छन्। पार्टी कार्यालय च्यासलमा बुधबार बसेको एमाले संसदीय दलको बैठकले दलको नेतामा थापालाई निर्वाचित गरेको हो। संसदीय दलको नेतामा एमाले सांसद सुहाङ नेम्वाङले पनि दाबी प्रस्तुत गरेका थिए। तर, अन्तिम समयमा थापाको मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित घोषणा गरिएको हो। त्यस्तै संसदीय दलले चैt २१ ...