मुख्य समाचार
कांग्रेसका तत्कालीन कार्यवाहक सभापति खड्काले बोलाएको बैठक अनौपचारिक भेलामा सीमित
कांग्रेसका तत्कालीन कार्यवाहक सभापति खड्काले बोलाएको बैठक अनौपचारिक भेलामा सीमित

— नेपाली कांग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मंगलबार बोलाएको बैठक नेता शेखर कोइराला पक्षीय नेताहरूको असहमतिपछि अनौपचारिक भेलामा परिणत भएको छ । खड्काले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठकका रूपमा तत्कालीन पदाधिकारी तथा सदस्यहरूलाई धुम्बाराहीस्थित होटल स्मार्टमा बोलाएका थिए । बैठकस्थलमा पार्टीको झन्डा र ब्यानर राखेर औपचारिक रूपमा बैठक सञ्चालन गर्ने तयारी गरिएको थियो । तर शेखरपक्षीय नेताहरूले त्यसमा आपत्ति जनाएपछि कार्यक्रमकोस्वरूप परिवर्तन गरिएको सहभागी नेताहरूले बताएका छन् ।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार औपचारिक केन्द्रीय समिति बैठकको स्वरूप दिन खोजिएको विषयमा विवाद उत्पन्न भएको थियो । 'ब्यानर र झन्डामुनि केन्द्रीय समितिको बैठक भनेर बोलाउँदा समानान्तर गतिविधि चलाएको सन्देश जाने भएकाले त्यस्तो गर्न हुन्न भनेर हामीले ब्यानर राख्न मानेनौं,' ती सदस्यले भने, 'त्यसपछि बैठक अनौपचारिक भेलामा परिणत गरिएको हो ।'

पछिल्लो समय खड्का पक्षले समानान्तर गतिविधि चलाएको आरोप लगाउँदै संस्थापन पक्ष असन्तुष्ट बन्दै आएको छ । यही विषयलाई लिएर संस्थापन पक्षले समानान्तर गतिविधिमा संलग्नमाथि स्पष्टीकरण सोध्ने तयारीस्वरूप केन्द्रीय अनुशासन समितिको बैठक भोलिका लागि बोलाएको छ ।

शेखरपक्षीय नेताहरू भने अनौपचारिक भेटघाट र समूहगत छलफल कांग्रेसभित्र नयाँ विषय नभएको बताउँछन् । शेखर पक्षका अर्का एक नेताले भने, 'यस्ता अनौपचारिक बैठक पहिले पनि फरक विचार समूहबीच हुँदै आएका छन् । कहिले कसैले गरेको छ, कहिले कसैले । अनौपचारिक भेला र गुटगत छलफल कांग्रेसमा पहिलेदेखि भइरहेका छन्, यसलाई अन्यथा लिनु हुँदैन ।'

भेलामा कुनै औपचारिक निर्णय नभएको सहभागीहरूले बताएका छन् । बैठक भोलि पनि जारी रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल इन्भेस्टमेन्ट मेगा बैंक तौलिहवा शाखाका एक कर्मचारीलाई ग्राहकको बैंक खाताबाट आफ्नो व्यक्तिगत बैंक खातामा १ करोड ६५ लाख रुपैयाँ रकमान्तरण गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही बैंकका कर्मचारी कपिलवस्तु नगरपालिका–३ निवासी २८ वर्षीय रिसभ कार्की रहेका छन्। पक्राउ परेका कार्कीले मोबाइल बैंकिङ प्रणालीभित्र प्रवेश गरी १६ ...
जिल्ला सदरमुकामलगायत चारै स्थानीय निकायमा प्रभावकारी इन्टरनेट तथा मोबाइल सेवा अझै विस्तार हुन नसकेको भन्दै काठमाडौंमा बस्दै आएका युवाहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।
: नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा चयन भएका छन्। सुहाङ नेम्वाङले आफ्नो उम्मेदवारीबाट पछि हटेपछि थापा सर्वसम्मत दलको नेतामा चयन भएका हुन्। यसअघि उनीहरूबीच प्रतिस्पर्धा हुने तयारी भएको थियो। तर, सुहाङले प्रस्तावक र समर्थक नपाएपछि चुनावी प्रतिस्पर्धाबाट पछि हटेको एमालेका एक सांसदले अन्नपूर्णलाई बताए।
: नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा निर्विरोध निर्वाचित भएका छन्। पार्टी कार्यालय च्यासलमा बुधबार बसेको एमाले संसदीय दलको बैठकले दलको नेतामा थापालाई निर्वाचित गरेको हो। संसदीय दलको नेतामा एमाले सांसद सुहाङ नेम्वाङले पनि दाबी प्रस्तुत गरेका थिए। तर, अन्तिम समयमा थापाको मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित घोषणा गरिएको हो। त्यस्तै संसदीय दलले चैt २१ ...
: चैत १९ गतेदेखि सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पर्सा जिल्लाबाट १० हजार ७०३ जना विद्यार्थी सहभागी हुने भएका छन् । एसइईको सम्पूर्ण तयारी पुरा भइसकेको र यस वर्ष जिल्लाबाट कूल १० हजार ७०३ जना विद्यार्थी सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय इकाइ पर्साले जनाएको छ । पर्सा जिल्लाका १५३ वटा ...