मुख्य समाचार
७ महिना ( साउनदेखि फागुनसम्म ) को अवधिमा वीरगन्ज नाका हुँदै १९ अर्ब ८४ करोड रुपैयाँ मूल्य बराबरको नयाँ सवारीसाधन भित्रिए
७ महिना ( साउनदेखि फागुनसम्म ) को अवधिमा वीरगन्ज नाका हुँदै १९ अर्ब ८४ करोड रुपैयाँ मूल्य बराबरको नयाँ सवारीसाधन भित्रिए

: चालु आर्थिक वर्षको ७ महिना ( साउनदेखि फागुनसम्म ) को अवधिमा वीरगन्ज नाका हुँदै १९ अर्ब ८४ करोड रुपैयाँ मूल्य बराबरको नयाँ सवारीसाधन भित्रिएका छन् । जसबाट वीरगन्ज भन्सार कार्यालयले १५ अर्ब ४० करोड राजस्व संकलन गरेको छ ।


गत आर्थिक वर्षको त्यहि ७ महिनाको अवधिमा भने वीरगन्ज नाका हुँदै १३ अर्ब ९५ करोड रुपैयाँ मूल्यको मात्रै नयाँ सवारीसाधन नेपालमा भित्रिएको थियो । त्यसबापत वीरगन्ज भन्सार कार्यालयले १२ अर्ब १२ करोड राजस्व संकलन गरेको थियो । गत आर्थिक वर्षको ७ महिनाको भन्दा चालु आर्थिक वर्षको ७ महिनामा ५ अर्ब ६९ करोड रुपैयाँ बढी मूल्यको नयाँ सवारी साधन वीरगन्ज नाका हुदैं भित्रिएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।


नयाँ सवारीसाधनको आयात बापत गत आर्थिक वर्षको भन्दा चालु आर्थिक वर्षको ७ महिनामा ३ अर्ब २८ करोड रुपैयाँ बढी राजस्व संकलन गरिएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले जानकारी दिए ।



उनका अनुसार ,चालू आर्थिक वर्षको ७ महिनाको अवधिमा वीरगन्ज नाका हुदैं १ अर्ब ४८ करोड ६४ लाख रुपैयाँ मूल्यको ४ सय ९७ वटा विद्युतबाट चल्ने जिप, कार र भ्यान आयात भएका छन् । जसबापत भन्सार कार्यालयले ९६ करोड ३६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षको सोही ७ महिनाको अवधिमा भने ४३ करोड १० लाख रुपैयाँ मूल्यको १ सय ६५ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएकोमा त्यसबापत ३५ करोड ५० लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

गत आर्थिक वर्षको ७ महिनाको भन्दा चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ५ करोड बढी मूल्यको अर्थात २ सय १७ प्रतिशतले बढी विद्युतीय जिप, कार र भ्यान आयात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । गत आर्थिक वर्षको ७ महिनाको भन्दा चालु आर्थिक वर्षको सोही अवधिमा ३ सय ३२ वटा बढी विद्युतीय जीप, कार र भ्यान आयात भएको हो ।

यस्तै चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा वीरगन्ज नाका हुदैं ८० करोड ५७ लाख रुपैयाँ मुल्य बराबरको ६ हजार १२८ वटा विद्युतीय मोटरसाइकल आयात भएको छ । त्यसबापत २६ करोड ४३ लाख रुपैयाँ राजस्व संकलन भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । जबकि गत आर्थिक वर्षको सोही अवधिमा यो नाका हुदैं ४४ करोड ३० लाख रुपैयाँ मूल्यको ३ हजार ३७४ वटा विद्युतीय मोटरसाइकल आयात भएको र त्यसबापत भन्सार कार्यालयले १४ करोड ३० लाख रुपैयाँ राजश्व संकलन गरेको थियो ।

गत आर्थिक वर्षको ७ महिनाको भन्दा चालु आर्थिक वर्षको सोही अवधिमा ३६ करोड २७ लाख बढी मूल्यको अर्थात ८७ प्रतिशत बढी विद्युतीय मोटरसाइकल आयात भएको वीरुगन्ज भन्सार कार्यालयले जनाएको छ । गत आर्थिक वर्षको ७ महिनाको भन्दा चालु आर्थिक वर्षको सोही अवधिमा २ हजार ७ सय ५४ वटा बढी विद्युतीय मोटरसाइकल आयात भएको हो ।

चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा वीरगन्ज नाका हुँदै १ अर्ब १६ करोड १३ लाख रुपैयाँ मूल्य बराबरको ६ सय ९ वटा इन्धन (डिजेल र पेटोल) बाट चल्ने जीप, कार र भ्यान आयात भएको छ । त्यसबापत भन्सार कार्यालयले २ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षको यहि ७ महिनामा भने वीरगन्ज नाका हुदैं १ अर्ब ५० करोड रुपैयाँ मूल्यको ७ सय ४८ वटा इन्धन (डिजेल र पेटोल) बाट चल्ने जीप, कार र भ्यान आयात भएको थियो । त्यसबापत भन्सार कार्यालयले ३ अर्ब ७३ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।

यसैगरी चालु आर्थिक वर्षको ७ महिनाको अवधिमै वीरगन्ज नाका हुदैं इन्धन (पेटोल) बाट चल्ने ५५ करोड रुपैयाँ मूल्य बराबरको ५ हजार ३४७ वटा मोटरसाइकल आयात भएको छ । जसबापत वीरगन्ज भन्सार कार्यालयलाई ६९ करोड ५३ लाख रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने वीरगन्ज नाका हुदैं इन्धन (पेटोल) बाट चल्ने २७ करोड २० लाख रुपैयाँ मूल्यको २ हजार ८१८ वटा मोटरसाइकल भित्रिएकोमा त्यसबापत भन्सार कार्यालयले ३४ करोड २० लाख रुपैयाँ राजश्व संकलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। वर्षा र पहिरोका कारण राजमार्गमा रोकिएका ग्यासका गाडी काठमाडौं आइपुगेका छन् । ग्यास उद्योगी तथा नेपाल एलपी ग्यास उद्योग संघ पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार हिजो सोमबार रातिदेखि बाटोमा अलपत्र ग्यासका गाडी आज दिउँसो राजधानी प्रवेश गरेका हुन् । ‘हिजोदेखि अड्किएर बसेका सुगम र एभरेस्ट ग्यासका १४ वटा गाडी आज दिउँसो २/३ बजेतिर काठमाडौं आइपुगेका छन्,’ पूर्वअध्यक्ष ...
। नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले शपथ ग्रहण गरी जिम्मेवारी सम्हालेका छन् । रावलले बिहीबार गभर्नर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । सरकारले बुधबार रावललाई रिक्त रहेको राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको थियो । सो अनुसार रावलले बिहीबारदेखि नै जिम्मेवारी सम्हालेका हुन्। २०८२ फागुनदेखि ...
— मुलुकको प्रमुख स्थल भन्सार वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा राजस्व असुलीको लक्ष्य भेट्न सकेन। कार्यालयले साउनमा तोकिएको लक्ष्यको ९० दशमलव ९७ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ। वीरगन्ज भन्सार कार्यालयले साउनमा २० अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पाएको थियो। तर लक्ष्यअनुसार राजस्व संकलन हुन नसक्दा कार्यालयले १८ ...
। भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको आलु पछिल्लो समय सहज रूपमा बजारसम्म पुग्न थालेको छ । सडक सञ्जाल विस्तार भएसँगै गाउँमै व्यापारी पुगेर आलु खरिद गर्न थालेपछि किसानलाई उत्पादन बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने बाध्यता हट्दै गएको हो । उत्पादन बिक्रीका लागि बजार खोज्दै जानुपर्ने र ढुवानीको समस्या व्यहोर्नुपर्ने बाध्यता हटेपछि किसान व्यावसायिक आलु खेतीतर्फ आकर्षित ...
। विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक पदमा तीन जनाको नाम सिफारिस भएको छ । कार्यकारी निर्देशक छनोटका लागि गठित सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयले गोरखाका कृष्ण सिंह बस्नेत, दैलेखका बखत बहादुर शाही र काठमाडौंका बुद्धकाजी श्रेष्ठको नाम सिफारिस गरेको हो । कुल ९ जनाको आवेदन ...