— संखुवासभाको सभापोखरी गाउँपालिका–६ तामिङमा ढुंगाले लागेर एकजना मजदुरको मृत्यु भएको छ ।
सभापोखरी–६ तामिङस्थित काफल बोटेका ६१ वर्षीय मठाबहादुर तामाङको ढुंगाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजबंशीले जानकारी दिए । मंगलबार दिउँसो १२:३० बजे सडक निर्माणका क्रममा मजदुर तामाङको मृत्यु भएको हो । सडक निर्माण गर्न क्रममा माथिबाट खसेको ढङ्गाले लागेर मजदुर तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनालगत्तै प्रहरी निरीक्षक मेघराज अर्यालको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । शव परीक्षणका लागि जिल्ला अस्पताल संखुवासभा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।