मुख्य समाचार
पश्चिम एसिया द्वन्द्वको प्रभाव मूल्यांकन र व्यवस्थापन गर्न परराष्ट्रमन्त्रीको संयोजकत्वमा कार्यदल गठन
पश्चिम एसिया द्वन्द्वको प्रभाव मूल्यांकन र व्यवस्थापन गर्न परराष्ट्रमन्त्रीको संयोजकत्वमा कार्यदल गठन

— सरकारले पश्चिम एसियाका देशहरूमा विकसित हुँदै गएको परिस्थितिका कारण नेपालमा पर्ने प्रभावको मूल्यांकन तथा व्यवस्थापन गर्न परराष्ट्रमन्त्री शिशिर खनालको संयोजकत्वमा उच्चस्तरीय अन्तर-मन्त्रालय अध्ययन कार्यदल गठन गरेको छ ।

सोमबार कार्यदल गठन भई काम अघि बढिसकेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिएका छन् । उनका अनुसार कार्यदलमा परराष्ट्र, श्रम, अर्थ, उद्योग, ऊर्जा, पर्यटनलगायत मन्त्रालयका सचिवहरूसहित १० सदस्य रहेका छन् ।

सरकारले जारी गरेको शासकीय सुधारसम्बन्धी १०० दिने कार्यसूचीको बुँदा नम्बर ९५ मा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संकटहरूको प्रभाव अध्ययन गर्न अन्तर-मन्त्रालय कार्यदल गठन गर्ने र त्यसका आधारमा आवश्यक नीति तथा रणनीति तयार गर्ने कार्य ३० दिनभित्र सम्पन्न गर्ने उल्लेख गरिएको छ ।

उक्त बुँदामा पश्चिम एसियामा विकसित परिस्थितिका कारण नेपालमा आर्थिक, वैदेशिक रोजगारी, आपूर्ति शृंखला, ऊर्जा तथा सामाजिक क्षेत्रमा पर्न सक्ने बहुआयामिक प्रभावहरूको समयमै मूल्यांकन तथा व्यवस्थापन गर्न सम्बन्धित मन्त्रालयहरूको प्रतिनिधित्व रहने गरी उच्चस्तरीय कार्यदल गठन गर्ने व्यवस्था गरिएको छ ।

कार्यदलले विस्तृत अध्ययन गरी ७ दिनभित्र अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन नीतिगत तथा कार्यक्रमगत उपायसहित प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । तर उक्त ७ दिनको गणना कार्यदल गठन भएको मितिबाट हो वा मन्त्रिपरिषद्ले कार्यसूची स्वीकृत गरेको मितिबाट भन्नेबारे अन्योल रहेको प्रवक्ता क्षेत्रीले बताए । प्रतिवेदनका आधारमा आवश्यक निर्णय तथा कार्यान्वयन प्रक्रिया तत्काल अघि बढाइने जनाइएको छ ।

ads/samsung-s26-desk-2032026113308.jpg
पश्चिम एसियामा युद्ध सुरु भएको एक महिनापछि सरकारले नेपालमा पर्ने प्रभावको मूल्यांकन तथा व्यवस्थापनबारे कार्यदल गठन गरेको छ । यद्यपि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा नेपालमा पनि पश्चिम एसियामा जारी युद्धको असर देखिन सुरु भइसकेको छ ।

इरानको ‘स्ट्रेट अफ हर्मुज’ मा आएको अवरोधले विश्वव्यापी ऊर्जा आपूर्ति प्रभावित हुँदा पेट्रोलियम पदार्थको अभाव र बढ्दो लागत व्यवस्थापन गर्न विभिन्न देशहरू बाध्य भएका छन् । नेपाल पेट्रोलियम पदार्थ र ग्यासका लागि भारतमा निर्भर रहेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएसँगै इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाललाई पेट्रोलमा ३१ रुपैयाँ र डिजेलमा ५४ रुपैयाँ वृद्धि गरेर नयाँ मूल्य सूची पठाएको थियो ।

१ चैतमा नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा १० रुपैयाँले मूल्य वृद्धि गरेको थियो । त्यसको ११ दिन नपुग्दै फेरि पेट्रोलमा १५ रुपैयाँ र डिजेलमा १५ रुपैयाँले वृद्धि गरिएको छ ।

युद्ध सुरु भएयता पेट्रोलियम पदार्थको मूल्य बढ्दै जाँदा यसको असर उत्पादनमूलक उद्योगमा पनि देखिन थालेको छ । विशेषगरी प्लास्टिक उद्योगहरू कच्चा पदार्थ अभावका कारण बन्द हुने अवस्थामा पुगेका छन् भने सञ्चालनमा रहेका उद्योगहरूले समेत करिब ३० प्रतिशत उत्पादन कटौती गरेका छन् ।

ads/multiple-banner-1-d-1022026052847.jpg
ads/multiple-banner-2-d-1022026052940.jpg
ads/multiple-banner-3-d-1022026053028.jpg
पश्चिम एसियामा जारी युद्धका कारण समग्र सुरक्षा अवस्था प्रभावित हुँदा नेपाल भित्रिने झण्डै आधा रेमिट्यान्स प्रभावित हुने देखिएको छ । कतार, साउदी अरब, बहराइन, कुवेत, संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानमा जारी तनावका कारण पर्यटन, व्यापार तथा वैदेशिक रोजगारीमा समेत प्रत्यक्ष असर पर्ने सम्भावना छ ।

हाल पश्चिम एसियामा करिब १९ लाख नेपाली श्रमिक कार्यरत छन् । यस क्षेत्रबाट आउने रेमिट्यान्समा अवरोध आउँदा नेपालको समग्र अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पर्ने जोखिम बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार कुल रेमिट्यान्सको करिब ४० प्रतिशत खाडी मुलुकहरूबाट आउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इरानी संसदको राष्ट्रिय सुरक्षा समितिका प्रमुख इब्राहिम अजीजीले होर्मुज स्ट्रेटको प्रयोगका सम्बन्धमा कडा टिप्पणी गर्दै अब यो क्षेत्र सबैका लागि समान नरहने संकेत
: सुनसरीको इनरुवास्थित मालपोत कार्यालयमा छापा मारी जिल्ला प्रशासन कार्यालयले १५ जना बिचौलियालाई नियन्त्रणमा लिएको छ । सेवाग्राहीलाई दुःख दिने तथा अवैध रूपमा आर्थिक लाभ लिने गरेको गुनासोका आधारमा बुधबार उक्त कार्यालयमा छापा मारी बिलौलियाहरुलाई पक्राउ गरिएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेले मालपोत कार्यालयभित्र आर्थिक अनियमितता हुने र लेखापढी व्यवसायीहरू नै बिचौलियाको रूपमा ...
: सङ्खुवासभाको पाँचखपन नगरपालिका–४ खानीगाँउमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । वानाबाट टिम्मुरेतर्फ जाँदै गरेको प्र १–०२–००३त ३८६६ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई आज बिहान दुर्घटना हुँदा पाँचखपन–४ का २१ वर्षीय रोशन श्रेष्ठको मृत्यु भएको प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए। ट्रयाक्टरमा सहयोगी काम गर्ने २१ वर्षीय श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले ट्रयाक्टर ...
: नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई अवलम्बन गर्न आफू संसदीय दलको नेतामा दाबी गरेको बताएका छन्। दलको नेतामा उम्मेदवारी दिनका लागि प्रस्तावक र समर्थकसमेत नपाएका उनले यसलाई पहिलो पाइलाको रूपमा ब्याख्या गरे। 'यो प्रक्रियालाई नकारात्मक ढंगले हेर्नु हुँदैन। लोकतान्त्रिक अभ्यासलाई अवलम्बन गर्ने प्रयास गरेका हौं। यसमा मलाई कुनै दबाब छैन। मैले जुन अपेक्षा ...
: भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ब्यागेज ह्यान्डलिङ सिस्टम’ (बीएचएस) जडान गरिएको छ । बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक देवचन्द्र लाल कर्णले एक कार्यक्रमबीच जडान गरिएको उक्त प्रणालीको उद्घाटन गरेका हुन्। यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै सहज रुपमा आफ्नो सामान प्राप्त गर्नका लागि विमानस्थलको आन्तरिक आगमनमा उक्त प्रणाली जडान गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना ...