मुख्य समाचार
डढेलोको चुनौतीलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न डिभिजन वन कार्यालय अर्घाखाँचीले मिनी दमकल खरिद गरेर नयाँ तयारी
डढेलोको चुनौतीलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न डिभिजन वन कार्यालय अर्घाखाँचीले मिनी दमकल खरिद गरेर नयाँ तयारी

: अर्घाखाँचीका वन क्षेत्रमा हरेक वर्ष बढ्दो डढेलोको चुनौतीलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न डिभिजन वन कार्यालय अर्घाखाँचीले मिनी दमकल खरिद गरेर नयाँ तयारी थालेको छ ।

सुख्खा याम सुरु भएसँगै जिल्लाका सामुदायिक वन, सरकारी वन तथा बस्ती नजिकका वन क्षेत्रमा आगलागीका घटना दोहोरिने गरेपछि कार्यालयले तत्काल प्रतिक्रिया दिन सक्ने उद्देश्यले मिनी दमकल भित्र्याएको हो । वन क्षेत्रमा लाग्ने डढेलोले हरेक वर्ष ठूलो मात्रामा वन सम्पदा, जैविक विविधता, वन्यजन्तुको बासस्थान तथा मानव बस्तीलाई जोखिममा पार्दै आएको छ ।



यस अवस्थालाई मध्यनजर गर्दै दुर्गम स्थानसम्म सहज रूपमा पुग्न सक्ने, साना सडक र ग्रामीण भेगमा पनि सञ्चालन गर्न मिल्ने मिनी दमकल ल्याइएको डिभिजन वन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी केशर खड्काले बताएका छन् । जिल्लाको भौगोलिक बनावट पहाडी तथा धेरै स्थानमा साँघुरा सडक भएकाले ठूला दमकल सहज रूपमा पुग्न नसक्ने समस्या रहँदै आएको थियो । अब मिनी दमकलले त्यो समस्या धेरै हदसम्म समाधान गर्ने अपेक्षा गरिएको छ ।

सूचना अधिकारी खड्काका अनुसार यो मिनी दमकल अब वन डढेलो दस्तासँगै दैनिक रूपमा परिचालन गरिनेछ । ‘वन क्षेत्रमा अचानक आगलागी हुँदा तत्काल पानी पुर्‍याएर प्रारम्भिक चरणमै आगो नियन्त्रण गर्न मिनी दमकल अत्यन्त उपयोगी हुनेछ । वन डढेलो नियन्त्रण र व्यवस्थापनमा यसको पूर्ण उपयोग रहनेछ ।’

विशेष गरी जिल्लाका दुर्गम सामुदायिक वन, ग्रामीण बस्ती नजिकका जंगल तथा साँघुरा सडक भएका स्थानमा मिनी दमकल सहज रूपमा पुग्न सक्ने भएकाले डढेलो नियन्त्रणमा यसको भूमिका महत्वपूर्ण रहने अपेक्षा गरिएको छ । वन क्षेत्रमा आगो फैलिन नदिन प्रारम्भिक चरणमै जनधनको क्षति न्यूनीकरण, वन्यजन्तु संरक्षण तथा वातावरणीय सन्तुलन जोगाउन यो कदम प्रभावकारी मानिएको छ ।

अर्घाखाँचीमा यसअघि सन्धिखर्क नगरपालिका को एउटा मात्र दमकल उपलब्ध थियो । सुख्खा याममा जिल्लाका विभिन्न स्थानमा एकै पटक डढेलो लाग्ने घटनाहरू बढ्दा एउटै दमकल सबै स्थानमा समयमै पुग्न नसक्ने अवस्था रहँदै आएको थियो । कतिपय अवस्थामा दमकल अर्को स्थानमा व्यस्त हुँदा वन क्षेत्रको आगो नियन्त्रण बाहिर जाने समस्या देखिन्थ्यो । यही चुनौतीलाई ध्यानमा राख्दै डिभिजन वन कार्यालयले आफ्नै मिनी दमकल खरिद गरेको हो ।

वन डढेलो नियन्त्रणका लागि पछिल्लो समय जनचेतना, वन डढेलो दस्ता परिचालन, निगरानी प्रणाली र उपकरण व्यवस्थापनलाई प्राथमिकता दिँदै आएको डिभिजन वन कार्यालयले मिनी दमकल थप गरेपछि अभियान अझ सशक्त बन्ने देखिएको छ । वन क्षेत्र जोगाउनु भनेको पानीका मुहान, जैविक विविधता, वन्यजन्तु र वातावरण जोगाउनु भएकाले यो प्रयासलाई दीर्घकालीन संरक्षणसँग जोडेर हेरिएको डिभिजन वन कार्यालयका अधिकृत अरुणकुमार आचार्यले बताएका छन् ।

एक मात्र सन्धिखर्क नगरपालिकाको दमकलमा निर्भर रहनुपर्ने अवस्थाबाट अब वन कार्यालयको मिनी दमकल थपिएपछि अर्घाखाँचीमा डढेलो नियन्त्रण अभियान थप प्रभावकारी बन्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सङ्खुवासभाको पाँचखपन नगरपालिका–४ खानीगाँउमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । वानाबाट टिम्मुरेतर्फ जाँदै गरेको प्र १–०२–००३त ३८६६ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई आज बिहान दुर्घटना हुँदा पाँचखपन–४ का २१ वर्षीय रोशन श्रेष्ठको मृत्यु भएको प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए। ट्रयाक्टरमा सहयोगी काम गर्ने २१ वर्षीय श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले ट्रयाक्टर ...
: नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई अवलम्बन गर्न आफू संसदीय दलको नेतामा दाबी गरेको बताएका छन्। दलको नेतामा उम्मेदवारी दिनका लागि प्रस्तावक र समर्थकसमेत नपाएका उनले यसलाई पहिलो पाइलाको रूपमा ब्याख्या गरे। 'यो प्रक्रियालाई नकारात्मक ढंगले हेर्नु हुँदैन। लोकतान्त्रिक अभ्यासलाई अवलम्बन गर्ने प्रयास गरेका हौं। यसमा मलाई कुनै दबाब छैन। मैले जुन अपेक्षा ...
: भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ब्यागेज ह्यान्डलिङ सिस्टम’ (बीएचएस) जडान गरिएको छ । बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक देवचन्द्र लाल कर्णले एक कार्यक्रमबीच जडान गरिएको उक्त प्रणालीको उद्घाटन गरेका हुन्। यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै सहज रुपमा आफ्नो सामान प्राप्त गर्नका लागि विमानस्थलको आन्तरिक आगमनमा उक्त प्रणाली जडान गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना ...
: भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ब्यागेज ह्यान्डलिङ सिस्टम’ (बीएचएस) जडान गरिएको छ । बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक देवचन्द्र लाल कर्णले एक कार्यक्रमबीच जडान गरिएको उक्त प्रणालीको उद्घाटन गरेका हुन्। यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै सहज रुपमा आफ्नो सामान प्राप्त गर्नका लागि विमानस्थलको आन्तरिक आगमनमा उक्त प्रणाली जडान गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना ...
दुर्गमको विद्यालय सुधारमा समुदाय एकजुट, एउटै परिवारबाट एक लाखसम्म सहयोग