मुख्य समाचार
रमेश लेखकको बयान सुरु
रमेश लेखकको बयान सुरु

— पूर्वगृहमन्त्री रमेश लेखकको बयान सुरु भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयमा लेखकको बयान सुरु भएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी रमेश थापाले बताए ।

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन कार्यान्वयनका लागि भन्दै प्रहरीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गरेको थियो ।

ओलीको बयान सुरु भएको छैन । उनलाई सोध्नुपर्ने विषयहरूमा प्रश्न तयार गर्ने क्रम चलिरहेको अनुसन्धान अधिकृतहरूको भनाइ छ ।

प्रहरीले मंगलबार काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई समेत पक्राउ गरेको थियो । तर, बेलुकी नै हाजिर जमानतमा छाडिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुर्गमको विद्यालय सुधारमा समुदाय एकजुट, एउटै परिवारबाट एक लाखसम्म सहयोग
: निर्वाचन आयोगले चैत २२ गतेदेखि पुनः मतदाता नामावली संकलन र अद्यावधिकको काम थाल्ने भएको छ । आयोगको चैत १८ गतेको वैठकले यस्तो निर्णय गरेको हो । फागुन २१ गते भएको प्रतिनिधि निर्वाचनका कारण गत मंसिर ६ गतेदेखि मतदाता नामावली संकलन र अद्यावधिक गर्ने काम स्थगन गरिएको थियो । आयोगले एक सूचना जारी गर्दै राष्ट्रिय परिचय ...
: गृहमन्त्री सुधन गुरुङले नागरिकमैत्री, स्वच्छ, पारदर्शी र सेवामूलक प्रहरी सेवा प्रदान गर्न निर्देशन दिएका छन् । बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंको स्थलगत निरीक्षण गर्दै मन्त्री गुरुङले सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई नागरिकमैत्री, स्वच्छ, पारदर्शी र सेवामूलक सेवा प्रदान गर्न निर्देशन दिएका हुन् । साथै उनले प्रहरी सेवामा प्रविधिको प्रयोगको सन्दर्भमा सरकारले आवश्यक व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएको परिसर ...
— मकवानपुरको पहाडी बस्तीका असहाय, अपाङ्गता र वृद्धवृद्धाले दैलोमा नागरिकता उपलब्ध भएपछि खुसी व्यक्त गरेका छन् । जिल्लास्थित दुर्गम क्षेत्रका बासिन्दा नागरिकताबाट वञ्चित छन् । नागरिकताका लागि वडाबाट सिफारिस नपाउँदा सदरमुकाम नआउने उनीहरू दैलोमै सेवा पाएपछि दंग परेका हुन् । राक्सिराङ–९, लैवाङकी ६५ वर्षीया सुकुमाया चेपाङको हातमा मंगलबार नागरिकताको प्रमाणपत्र परेपछि खुसीले गदगद भइन् । ...
— मध्यपूर्वमा जारी इरान–इजराइल–अमेरिका युद्धका कारण प्रभावितलाई लिएर कुवेत एयरवेजको चार्टड विमान बुधबार अपराह्न भैरहवा अवतरण गर्दैछ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक श्याककिशोर साहका अनुसार कुवेत सिटीबाट उडान भर्ने उक्त जहाज बुधबार ४ बजेर ४५ मिनेटमा भैरहवामा अवतरण गर्नेछ । बोइङ ७७७ (३००) सिरिजको लङ रेन्ज वाइड बडी चार्टड विमान ३ सयभन्दा बढी ...