: काठमाडौंको विभिन्न यातायात कार्यालयहरूमा सवारी दर्ता किताब (बिलबुक) नवीकरणको नाममा सेवाग्राहीलाई अनावश्यक दुःख दिने १६ जना पक्राउ परेका छन्।
बिलबुक नवीकरण गरिदिने भनी सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्याएको आरोपमा उनीहरू पक्राउ परेका हुन्। बिलबुक नवीकरण गरिदिने भनि सार्वजनिक सेवा प्रवाहमा बाधा विरोध गर्ने र सेवाग्राहीहरूलाई अनावश्यक दुःख हैरानी दिने गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले १ लाख २२ हजार रुपैयाँ नगद र ५३ थान बिलबुकसहित उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरी वृत्त स्वयम्भूले सानोभर्याङस्थित यातायात कार्यालयबाट ८ जना र प्रहरी वृत्त थानकोटले गुर्जुधारा स्थित यातायात कार्यालयबाट ८ जनालाई पक्राउ गरेको हो।