: धनुषामा एक ९ बर्षीया बालिका बलात्कृत भएकी छिन् । बटेश्वर गाउँपालिका–५ शान्तिपुरमा ९ वर्षीया बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ । पीडित बालिकाका परिवारले प्रहरीमा जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो ।
घटनामा संलग्न रहेको आरोपमा सोही ठाउँका ५३ वर्षीय ओपेन्द्रसिंह दनुवारलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक राजाराम यादवले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण गराएर घटनाबारे थप प्रमाण संकलन तथा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको उनले बताए ।
‘घटना गत बिहीबारको भए पनि पीडित बालिकाको परिवारले शनिबार मात्रै प्रहरीलाई जानकारी गराएको हो । ‘पक्राउ परेका दनुवारमाथि जबरजस्ती करणी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेका छौं’, प्रहरी निरीक्षक यादवले भने ।