मुख्य समाचार
अमेरिका र इजराइलले एक महिनाअघि इरानविरुद्ध सुरु गरेको युद्ध अहिले आफै अनिश्चिततामा
अमेरिका र इजराइलले एक महिनाअघि इरानविरुद्ध सुरु गरेको युद्ध अहिले आफै अनिश्चिततामा

: संयुक्त राज्य अमेरिका र इजराइलले एक महिनाअघि इरानविरुद्ध सुरु गरेको युद्ध अहिले आफै अनिश्चिततामा पुगेको छ ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सोशल मिडिया पोस्टहरूले उथलपुथल बढाउँछन् र विश्व बजारलाई हल्लाउँछन् । यद्यपि त्यसको प्रभाव केही समयका लागि मात्रै किन नहोस् । तर केवल ट्रम्पका टिप्पणीहरूले मात्रै यस युद्धको दिशा निर्धारण गरिरहेका छैनन्, इतिहासले पनि यसमा प्रभाव पारेको देखिन्छ ।

संघर्ष सुरु भएपछि बितेका हप्ताहरूमा विशेषज्ञहरूले अवस्थालाई बुझ्न र अब के हुन सक्छ भन्ने अनुमान गर्न निरन्तर विगतका घटनाहरूको सहारा लिइरहेका छन् । धेरै ऐतिहासिक उदाहरणहरूमध्ये तीन महत्वपूर्ण घटनाहरू विशेष रूपमा अगाडि आएका छन् ।



‘स्वेज’ संकट
यमनमा इरान–समर्थित हूती विद्रोहीहरूले शुक्रबार इजराइलमाथि मिसाइल आक्रमण गरे । जो इरानसँग अमेरिका–इजराइल युद्ध सुरु भएपछि पहिलो यस्तो कदम थियो र यससँगै यस संघर्षमा नयाँ मोर्चा खुलेको छ । इरान समर्थित यस शक्तिशाली समूहको प्रवेशले विश्व अर्थतन्त्रमा अझ बढी अवरोध आउने आशंका बढाएको छ ।

किनकि यो सशस्त्र समूहले लाल सागरमा जहाज आवागमनमा आक्रमण गर्ने क्षमता राख्छ । विशेष गरी स्वेज नहर आसपास । यो समूहले उक्त महत्वपूर्ण जलमार्गलाई पूर्ण रूपमा बन्द गर्न त सक्दैन । जसबाट सामान्यतया विश्वको करिब ३० प्रतिशत कन्टेनर यातायात र कुल वैश्विक व्यापारको झण्डै १५ प्रतिशत हिस्सा लिन्छ । तर यसले नहरसम्मको पहुँचमा गम्भीर अवरोध भने अवश्य सिर्जना गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम