मुख्य समाचार
जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते
जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते

: दार्चुलामा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मंगलबार बिहान शैल्यशिखर नगरपालिका–४ ओसिलको देखालामा ओसिलबाट गोकुलेश्वरतर्फ जाँदै गरेको सु.प.प्र ०१–००१ ज १६४१ नम्बरको जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय दार्चुलामा कार्यरत सब–इन्जिनियर मनिषा पाल र सोही कार्यालयका कर्मचारी भरत तितरोको घटनास्थलमै मृत्यु भएको दार्चुलाका प्रहरी प्रमुख गौरब महतले जानकारी दिए । शैल्यशिखर नगरपालिका–४ ओसिलमा योजना अनुगमनका लागि गएको उक्त जिप मंगलबार बिहान करिब ९ बजेतिर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी शैल्यशिखर नगरपालिका–४ का अकबर महर, सोही स्थानका गाडीधनी विक्रम महर, चालक प्रकाश ठगुन्ना तथा मालिकार्जुन गाउँपालिका–५ डाडाकोटका मिनबहादुर पाल घाइते भएका छन् । घटनाबारे जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय दार्चुला तथा इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: गत भाद्र २३ र २४ को आन्दोलनका क्रममा रौतहट कारागारबाट फरार भएका दुई जना कैदीबन्दी पक्राउ परेका छन्। रौतहट सदरमुकाम गौरस्थित कारागार फुटाएर फरार भएका दुर्गाभगवती गाउँपालिका–५, वडहर्वाका २९ वर्षीय दिपेश साह सोनार (सेरु साह) लाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको हो । उनी जबरजस्ती करणी मुद्दामा १२ वर्ष कैद सजाय तोकिएका ब्यक्ति भएको रौतहट ...
: धनुषामा एक ९ बर्षीया बालिका बलात्कृत भएकी छिन् । बटेश्वर गाउँपालिका–५ शान्तिपुरमा ९ वर्षीया बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ । पीडित बालिकाका परिवारले प्रहरीमा जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो । घटनामा संलग्न रहेको आरोपमा सोही ठाउँका ५३ वर्षीय ओपेन्द्रसिंह दनुवारलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक राजाराम यादवले जानकारी दिए । ...
अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य अस्वाभाविक रूपमा बढेसँगै नेपालमा सेलाइन (स्लाइन) उत्पादन गर्ने उद्योगहरू गम्भीर संकटमा परेका छन्।
: नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीविरुद्ध देशव्यापी विरोधका कार्यक्रम आयोजना गर्ने भएको छ। एमाले महासचिव शंकर पोखरेलले चैत २५ गतेदेखि थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्। चैत २४ गते जिल्लास्तरीय भेला गरेर आन्दोलनलाई थप सशक्त बनाउने उनले बताए। त्यस्तै पालिका, जिल्ला हुँदै राजधानी केन्द्रित विरोध सभा पनि एमालेले गर्ने भएको छ। महासचिव पोखरेलका अनुसार ...
: नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूले आन्तरिक संघर्षलाई व्यवस्थित गरेर लैजाने बताएका छन्। मंगलबार नेता पूर्णबहादुर खड्काको नेतृत्वमा काठमाडौंमा बसेको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको भेलामा उनीहरूले विशेष महाविधेशनको नेतृत्वले पार्टीको आन्तरिक विषयलाई संवेदनशील ढंगले लिन नसकेको भन्दै आन्तरिक संघर्षलाई व्यवस्थित गरेर लैजाने बताए। पार्टी नेतृत्वको विवाद अदालतमा विचाराधीन रहँदा विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले ...