मुख्य समाचार
ट्रम्पले इरानसँग जारी सैन्य कारबाही अबको दुई देखि तीन हप्ताभित्रै टुंगिने विश्वास व्यक्त
ट्रम्पले इरानसँग जारी सैन्य कारबाही अबको दुई देखि तीन हप्ताभित्रै टुंगिने विश्वास व्यक्त

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी सैन्य कारबाही अबको दुई देखि तीन हप्ताभित्रै टुंगिने विश्वास व्यक्त गरेका छन् । ओभल अफिसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले इरानमा सत्ता परिवर्तन भइसकेको र अमेरिकाले लिएको मुख्य लक्ष्य हासिल भएको बताए ।


हामीले सत्ता परिवर्तन देखिसकेका छौं। यद्यपि, सत्ता परिवर्तन मेरो प्राथमिक लक्ष्य थिएन,' राष्ट्रपति ट्रम्पले भने, 'मेरो एउटै मुख्य लक्ष्य थियो- इरानसँग आणविक हतियार नहोस्। त्यो लक्ष्य अहिले पूरा भएको छ। अब उनीहरूसँग आणविक हतियार रहने छैन।'


ट्रम्पले अमेरिकी सेनाले आफ्नो काम अन्तिम चरणमा पुर्‍याएको उल्लेख गर्दै थप केही दिनभित्रै सैन्य कारबाही पूर्ण रूपमा समाप्त हुने बताए। इरानसँग कुनै सम्झौता भएमा यो युद्ध अझै चाँडो सकिन सक्ने उनको भनाइ छ।



'इरान सम्झौता गर्न मभन्दा बढी आतुर छ। सम्झौता भयो भने निकै छोटो समयमै हामी यो प्रक्रिया टुङ्ग्याउने छौँ,' उनले भने। ट्रम्पले इरानको वर्तमान नेतृत्व पहिलेको तुलनामा 'धेरै फरक र समझदार रहेको टिप्पणी गर्दै वार्ताप्रति सकारात्मक संकेत दिए।

तेल आपूर्तिका लागि महत्वपूर्ण मानिने 'स्ट्रेट अफ होर्मुज' को सुरक्षाका विषयमा बोल्दै ट्रम्पले यसमा अमेरिका संलग्न नहुने प्रष्ट पारे। उक्त जलमार्ग खुला राख्ने र सुरक्षित गर्ने जिम्मा अब तेल आयात गर्ने देशहरूकै हुने उनको तर्क छ।

'यदि फ्रान्स वा अन्य कुनै देशलाई तेल वा ग्यास चाहिन्छ भने उनीहरू आफैं हर्मुज जलडमरू भएर जानुपर्छ र आफ्नो सुरक्षा आफैं गर्नुपर्छ, ट्रम्पले भने, त्यहाँ के हुन्छ, त्यसमा हाम्रो कुनै सरोकार रहने छैन।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम