मुख्य समाचार
इन्डियन प्रिमियर लिग (आइपीएल) २०२६ अन्तर्गत पन्जाब किङ्सले घरेलु मैदानमा जित दर्ता
इन्डियन प्रिमियर लिग (आइपीएल) २०२६ अन्तर्गत पन्जाब किङ्सले घरेलु मैदानमा जित दर्ता

: इन्डियन प्रिमियर लिग (आइपीएल) २०२६ अन्तर्गत पन्जाब किङ्सले घरेलु मैदानमा जित दर्ता गरेको छ। पञ्जाबले गुजरात टाइटन्स्लाई ३ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो।


महाराजा यादाविन्द्र सिंह इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६२ रन बनाएको थियो।


गुजरातले दिएको १६३ रनको विजयी लक्ष्य पछाएको पञ्जाबले १९.१ ओभरमा ७ विकेट गुमाउँदै १६५ रनसहित लक्ष्य पूरा गरेको हो। पञ्जाबको जितमा आइपीएलमा पञ्जाब किङ्स मा खेल्दै डेब्यु गरेका कोपर कोनोली ७२ रनको अविजित अर्धशतकीय पारी खेले। उनले ४४ बलमा समान ५ चौका र ५ छक्का प्रहार गरे।



ओपनरद्वय प्रयान्स अर्या र प्रभसिम्रन सिंहले क्रमशस् ७ र ३७ रन बनाए। कप्तान श्रेयस अय्यरले १८ रन बनाउँदा जेभियर बार्टलेट ११ रनमा अविजित रहे। गुजरातका लागि बलिङतर्फ प्रसिद्ध कृष्णले सर्वाधिक ३ विकेट लिए । काशीगो रावडा, अशोक शर्मा, रासिद खान र वासिङ्टन सुन्दरले १(१ विकेट लिए।

त्यसअघि, ब्याटिङ गरेको गुजरातका लागि कप्तान सुभ्मन गिलले सर्वाधिक ३९ रन बनाए। उनले २७ बलमा ६ चौका प्रहार गरे। अर्का ओपनर साई सुदर्शनले १३ रन बनाए। जोश बट्लरले ३८, ग्लेन फिलिप्सले २५ र वासिङ्टन सुन्दरले १८ रन बनाउँदा राहुल तिवातिया ११ रनमा अविजित रहे।

पञ्जाबका लागि बलिङतर्फ विजयकुमार वेशकले सर्वाधिक ३ विकेट लिए । युजवेन्द्र चेहलले २ र मार्को जान्छन्ले १ विकेट लिए। आइपीएल २०२६को संस्करणको चारवटा खेल सकियो। जसमा चार खेलमा चारैवटा घरेलु टोलीले जित दर्ता गरेका छन्। विजेता चार टोलीले टस पनि जितेका थिए।

चारवटै खेलमा लक्ष्य पछ्याउने टोलीले जित दर्ता गरिरहेका छन्। चारखेल सकिँदा यो गजबको संयोग बनिरहेको छ। बुधबार आइपीएलमा एक खेल रहेको छ। जसमा दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सले नेपाली समयअनुसार ७:४५ मा खेल्नेछन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...