मुख्य समाचार
प्रधानमन्त्री तथा मन्त्रीहरूलाई बधाई तथा शुभकामना दिने नाममा मन्त्रालयहरूमा भिडभाड नगर्न रास्वपाले पार्टीका नेता तथा शुभेच्छुकहरूसँग आग्रह
प्रधानमन्त्री तथा मन्त्रीहरूलाई बधाई तथा शुभकामना दिने नाममा मन्त्रालयहरूमा भिडभाड नगर्न रास्वपाले पार्टीका नेता तथा शुभेच्छुकहरूसँग आग्रह

। प्रधानमन्त्री तथा मन्त्रीहरूलाई बधाई तथा शुभकामना दिने नाममा मन्त्रालयहरूमा भिडभाड नगर्न रास्वपाले पार्टीका नेता तथा शुभेच्छुकहरूसँग आग्रह गरेको छ ।

रास्वपा केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले सोमबार साँझ विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

सरकार गठन पश्चात पार्टीका नेतागण, सदस्य तथा शुभेच्छुकहरूले मन्त्रालयमा उपस्थित भई नवनियुक्त प्रधानमन्त्री तथा मन्त्रीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्ने, अनावश्यक भेटघाट सहित खादा तथा फुलमाला लगाउने, फोटो खिच्ने जस्ता अनावश्यक कार्य भए गरेकोमा यस्ता कार्यहरू पार्टी अनुशासन विपरीत र भड्किलो देखिएको भन्दै केन्द्रीय अनुशासन आयोगको यस्तो आग्रह गरेको हो ।

‘नागरिक सेवा प्रवाहको परिणाममूखी कार्यसम्पादन गर्नुपर्ने आजको बहुमूल्य समय रहेको यथार्थलाई मध्यनजर गर्दै, प्रधानमन्त्री तथा मन्त्रीहरूलाई बधाई तथा शुभकामना दिन अनावश्यक रूपमा मन्त्रालयमा भेटघाट, जमघट तथा भिडभाड गर्ने जस्ता कार्यहरूले सरकारको कार्यसम्पादनमा विलम्ब गराउने, कार्य सम्पादनको प्राथमिकता र गुणस्तरलाई असर पुर्याउने तथा सरकारको समग्र कार्य प्रणालीमा नै गम्भीर असर पुर्‍याई नागरिकको अपेक्षा अनुसारका द्रुत सेवा प्रवाहमा कठिनाई उत्पन्न हुनसक्ने देखिएकोले तत् सम्बन्धी कार्य नगर्न नगराउनुहुन सम्पूर्ण पार्टीका पदाधिकारी तथा सदस्यहरूलाई सख्त निर्देशन जारी गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विगतको भन्दा फरक बजेट ल्याउने बताएका छन् । नेपाल उद्योग परिसंघको टोलीसँग हिजो साँझ भएको भेटमा अर्थमन्त्री वाग्लेले सो धारणा राखेका हुन् । ‘बलियो सरकार बनेको छ । जनताको ठूलो आसा र भरोसा छ । हामी यो महत्त्वपूर्ण समय देशको उन्नतिका लागि प्रयोग गर्न चाहन्छौं,’ अर्थमन्त्री डा. वाग्लेले भने, ‘निजी क्षेत्रले ...
। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आजदेखि प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध गरिएको छ । वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन तथा दिगो विकासप्रतिको प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्न मन्त्रालयले यस्तो निर्णय गरेको जनाएको छ । प्लास्टिकजन्य वस्तुको अत्यधिक प्रयोगले वातावरणमा परेको नकारात्मक असरलाई न्यूनीकरण गर्दै वैकल्पिक तथा वातावरणमैत्री सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्ने नीति अनुरूप यो कदम चालिएको हो ...
। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । शनिबार बिहानदेखि भर्ना भएका ओलीलाई अब ‘डिस्चार्ज’ गर्न सकिने उनीहरूको भनाई छ । ‘सबै रिपोर्ट नर्मल नै आएको छ । चिकित्सकीय छलफलले उहाँलाई डिस्चार्ज गर्न सकिने निचोड छ,’ उपचारमा संलग्न एक चिकित्सकले अनलाइनखबरसँग भने । ओलीले शनिबार बिहान मुटुमा ...
। वैदेशिक रोजगारीका लागि खाडी लगायत युद्ध प्रभावित देशहरूमा जाने नयाँ श्रमिकलाई तत्काल श्रम स्वीकृति नदिन सुझाव दिइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले विभिन्न देशमा रहेका श्रम सहचारीसँग गरेको भर्चुअल बैठकमा तत्काल नयाँ श्रम स्वीकृति जारी नगर्न सुझाव दिइएको हो । इजरायल–अमेरिका र इरानबीचको युद्धका कारण खाडी तथा इजरायल लगायत देशमा सुरक्षा ...
। जनकपुरधामको शिवचोकस्थित गंगासगारको पश्चिमतर्फ रहेको फुटपाथ बजार डोजर लगाएर खाली गराइएको छ । मधेशका गृहमन्त्री फकिरा महतोले आफै नेतृत्व गरी दुई दिन लगाएर फुटपाथ बजार खाली गराएका हुन् । फुटपाथमा वर्षौँदेखि अस्थायी संरचना राखेर बजार लगाउने गरिएको थियो । त्यसले गंगासागरको पश्चिमतर्फको भागको सौन्दर्यीकरण समेत छोपेको थियो । गृहमन्त्री महतोले आफै अगुवाइ गरी नेपाल प्रहरी ...