मुख्य समाचार
पूर्णबहादुर खड्काले संख्याको हिसाबले कम भए पनि देश र जनताका सबालमा सांसदहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए
पूर्णबहादुर खड्काले संख्याको हिसाबले कम भए पनि देश र जनताका सबालमा सांसदहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए

: नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले संख्याको हिसाबले कम भए पनि देश र जनताका सबालमा सांसदहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन्।


पूर्वकार्यवाहक सभापतिसमेत रहेका खड्काले कांग्रेसले लोकतन्त्र र प्रजातन्त्रका लागि ठूलो भूमिका खेल्दै आएकाले सांसदहरूले पनि सोही मर्मअनुसार संसदमा प्रस्तुत हुनुपर्ने बताए।


'संख्याको हिसाबले कम भए पनि नेपालको लोकतान्त्रिक, प्रजातान्त्रिक आन्दोलनको इतिहासको सिंगो धरोहर बोकेर तपाईँहरु संसदमा भूमिका निर्वाह गर्दै हुनुहुन्छ। नेपालको जनताको हक र अधिकारको सन्दर्भमा हामीले वर्षौंको संघर्षबाट निर्माण गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान र त्यो संविधानले उपलब्ध गराएको नेपाली जनताको अधिकारको हकको विषय सुनिश्चित गर्ने कुरामा तपाईंहरू प्रखररूपमा भूमिका निर्वाह गर्नुहुन्छ भन्ने विश्वास छ,' उनले भने।



उनले पार्टीमा संसदको अनुभव भएका धेरै जना भएकाले जुनसुकै बेला साथ र सहयोगका लागि सम्झिन आग्रह गरे। 'संसदको अनुभाव लिएका साथीहरू तपाईंहरुको साथमै रहनेछौं। निर्वाह गर्नुपर्ने भूमिकामा सबै खालको सहयोग गरहनेछ। तपाईंहरूले कुनै पनि बेला सम्झिन सक्नुहुन्छ,' उनले भने।

नेता खड्काले प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका सदस्यहरूले एकताका साथ देश र जनताको पक्षमा प्रस्तुत हुनुपर्ने बताए। फागुन २१ को निर्वाचनमा कांग्रेसले ३८ सिट जितेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विगतको भन्दा फरक बजेट ल्याउने बताएका छन् । नेपाल उद्योग परिसंघको टोलीसँग हिजो साँझ भएको भेटमा अर्थमन्त्री वाग्लेले सो धारणा राखेका हुन् । ‘बलियो सरकार बनेको छ । जनताको ठूलो आसा र भरोसा छ । हामी यो महत्त्वपूर्ण समय देशको उन्नतिका लागि प्रयोग गर्न चाहन्छौं,’ अर्थमन्त्री डा. वाग्लेले भने, ‘निजी क्षेत्रले ...
। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आजदेखि प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध गरिएको छ । वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन तथा दिगो विकासप्रतिको प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्न मन्त्रालयले यस्तो निर्णय गरेको जनाएको छ । प्लास्टिकजन्य वस्तुको अत्यधिक प्रयोगले वातावरणमा परेको नकारात्मक असरलाई न्यूनीकरण गर्दै वैकल्पिक तथा वातावरणमैत्री सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्ने नीति अनुरूप यो कदम चालिएको हो ...
। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । शनिबार बिहानदेखि भर्ना भएका ओलीलाई अब ‘डिस्चार्ज’ गर्न सकिने उनीहरूको भनाई छ । ‘सबै रिपोर्ट नर्मल नै आएको छ । चिकित्सकीय छलफलले उहाँलाई डिस्चार्ज गर्न सकिने निचोड छ,’ उपचारमा संलग्न एक चिकित्सकले अनलाइनखबरसँग भने । ओलीले शनिबार बिहान मुटुमा ...
। वैदेशिक रोजगारीका लागि खाडी लगायत युद्ध प्रभावित देशहरूमा जाने नयाँ श्रमिकलाई तत्काल श्रम स्वीकृति नदिन सुझाव दिइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले विभिन्न देशमा रहेका श्रम सहचारीसँग गरेको भर्चुअल बैठकमा तत्काल नयाँ श्रम स्वीकृति जारी नगर्न सुझाव दिइएको हो । इजरायल–अमेरिका र इरानबीचको युद्धका कारण खाडी तथा इजरायल लगायत देशमा सुरक्षा ...
। जनकपुरधामको शिवचोकस्थित गंगासगारको पश्चिमतर्फ रहेको फुटपाथ बजार डोजर लगाएर खाली गराइएको छ । मधेशका गृहमन्त्री फकिरा महतोले आफै नेतृत्व गरी दुई दिन लगाएर फुटपाथ बजार खाली गराएका हुन् । फुटपाथमा वर्षौँदेखि अस्थायी संरचना राखेर बजार लगाउने गरिएको थियो । त्यसले गंगासागरको पश्चिमतर्फको भागको सौन्दर्यीकरण समेत छोपेको थियो । गृहमन्त्री महतोले आफै अगुवाइ गरी नेपाल प्रहरी ...