मुख्य समाचार
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि बजेट वितरण प्रणालीमा देखिँदै आएको असन्तुलन अन्त्य गर्ने प्रतिबद्धता
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि बजेट वितरण प्रणालीमा देखिँदै आएको असन्तुलन अन्त्य गर्ने प्रतिबद्धता

: कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि बजेट वितरण प्रणालीमा देखिँदै आएको असन्तुलन अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ।


मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विगतका अभ्यासहरूको गम्भीर समीक्षा गर्दै अब नतिजामुखी र प्रभावकारी बजेट निर्माण गरिने स्पष्ट पारेका हुन्। प्रदेश योजना आयोगले विराटनगरमा सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले विगतमा क्षेत्रगत असन्तुलनका कारण बजेटले अपेक्षित परिणाम दिन नसकेको स्वीकार गरे।


उनले अबको बजेट निर्माण प्रक्रियामा योजना छनोटदेखि कार्यान्वयनसम्म सुधार गरिने र सबै क्षेत्रमा प्रत्यक्ष परिणाम दिने योजनालाई प्राथमिकता दिइने बताए। ‘अब देखिने र महसुस गर्न सकिने काम हुनुपर्छ,’ उनले भने।



मुख्यमन्त्री कार्कीले योजना बैंकलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने र त्यसमा दर्ता भएका योजनालाई प्राथमिकताका साथ बजेटमा समावेश गर्ने नीति लिइएको जानकारी दिए। उनले गत वर्ष देखिएका कमजोरीहरू दोहोरिन नदिने र जिल्ला तहबाटै बजेट प्रविष्ट गर्ने प्रणाली विकास गरिएको उल्लेख गरे। सरकारको कामप्रति उठ्ने आलोचनाप्रति प्रतिक्रिया दिँदै उनले प्रदेश संरचनाले उल्लेखनीय काम गरेको दाबी गरे। तर, ती कामहरू प्रभावकारी रूपमा जनतासामु प्रस्तुत हुन नसकेको स्वीकार गर्दै अब परिणाम देखिने गरी काम अघि बढाइने बताए।

कार्यक्रममा बोल्दै प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले योजना बैंकको प्रभावकारी कार्यान्वयन र विभिन्न संस्थासँग भएको सहकार्यले प्रदेशको विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। उनका अनुसार वैशाख ५ गतेभित्र योजना बैंकमा आयोजनाहरू प्रविष्ट गरिसक्ने लक्ष्य राखिएको छ। कोशी प्रदेशका प्रदेशसभा सदस्यहरुलाई राखेर योजना छनोट र योजना बैंकमा योजना इन्ट्री गर्ने विषयमा प्राविधिक तथा सैद्धान्तिक जानकारी दिन कार्यक्रम आयोजना गरिएको थियो।

यसैबीच, प्रदेश सरकारले विभिन्न विश्वविद्यालय र शैक्षिक संस्थासँग सहकार्य विस्तार गर्ने पहल पनि अघि बढाएको छ। कार्यक्रममा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको केन्द्रीय प्रविधि क्याम्पस धरानसँग घरेलु मदिराको उत्पादन, गुणस्तर परीक्षण र ब्रान्डिङका विषयमा सम्झौता गरिएको छ। त्यस्तै, पूर्वाञ्चल विश्वविद्यालय लगायत अन्य क्याम्पसहरूसँग पनि अनुसन्धान, सम्भाव्यता अध्ययन र सेवा प्रवाह सुधारका विषयमा सम्झौता गरिएको छ।

कार्यक्रममा प्रमुख सचिव राजेन्द्रप्रसाद पौडेलले प्रदेश सरकारले योजना बैंकलाई केन्द्रमा राखेर विकासका काम अघि बढाउने बताए। कार्यक्रममा प्रदेशका सभामुख, मन्त्रीहरू, प्रदेशसभा सदस्य, सचिवहरू तथा विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रदेश सरकारले योजना आधारित, पारदर्शी र परिणाममुखी बजेटमार्फत विकासलाई नयाँ दिशा दिने लक्ष्य राखेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विगतको भन्दा फरक बजेट ल्याउने बताएका छन् । नेपाल उद्योग परिसंघको टोलीसँग हिजो साँझ भएको भेटमा अर्थमन्त्री वाग्लेले सो धारणा राखेका हुन् । ‘बलियो सरकार बनेको छ । जनताको ठूलो आसा र भरोसा छ । हामी यो महत्त्वपूर्ण समय देशको उन्नतिका लागि प्रयोग गर्न चाहन्छौं,’ अर्थमन्त्री डा. वाग्लेले भने, ‘निजी क्षेत्रले ...
। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आजदेखि प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध गरिएको छ । वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन तथा दिगो विकासप्रतिको प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्न मन्त्रालयले यस्तो निर्णय गरेको जनाएको छ । प्लास्टिकजन्य वस्तुको अत्यधिक प्रयोगले वातावरणमा परेको नकारात्मक असरलाई न्यूनीकरण गर्दै वैकल्पिक तथा वातावरणमैत्री सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्ने नीति अनुरूप यो कदम चालिएको हो ...
। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । शनिबार बिहानदेखि भर्ना भएका ओलीलाई अब ‘डिस्चार्ज’ गर्न सकिने उनीहरूको भनाई छ । ‘सबै रिपोर्ट नर्मल नै आएको छ । चिकित्सकीय छलफलले उहाँलाई डिस्चार्ज गर्न सकिने निचोड छ,’ उपचारमा संलग्न एक चिकित्सकले अनलाइनखबरसँग भने । ओलीले शनिबार बिहान मुटुमा ...
। वैदेशिक रोजगारीका लागि खाडी लगायत युद्ध प्रभावित देशहरूमा जाने नयाँ श्रमिकलाई तत्काल श्रम स्वीकृति नदिन सुझाव दिइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले विभिन्न देशमा रहेका श्रम सहचारीसँग गरेको भर्चुअल बैठकमा तत्काल नयाँ श्रम स्वीकृति जारी नगर्न सुझाव दिइएको हो । इजरायल–अमेरिका र इरानबीचको युद्धका कारण खाडी तथा इजरायल लगायत देशमा सुरक्षा ...
। जनकपुरधामको शिवचोकस्थित गंगासगारको पश्चिमतर्फ रहेको फुटपाथ बजार डोजर लगाएर खाली गराइएको छ । मधेशका गृहमन्त्री फकिरा महतोले आफै नेतृत्व गरी दुई दिन लगाएर फुटपाथ बजार खाली गराएका हुन् । फुटपाथमा वर्षौँदेखि अस्थायी संरचना राखेर बजार लगाउने गरिएको थियो । त्यसले गंगासागरको पश्चिमतर्फको भागको सौन्दर्यीकरण समेत छोपेको थियो । गृहमन्त्री महतोले आफै अगुवाइ गरी नेपाल प्रहरी ...