मुख्य समाचार
खोटाङका किसानहरूले बाँदर आतंक नियन्त्रणको माग गर्दै सोमबार सदरमुकाम दिक्तेलमा विरोध प्रदर्शन
खोटाङका किसानहरूले बाँदर आतंक नियन्त्रणको माग गर्दै सोमबार सदरमुकाम दिक्तेलमा विरोध प्रदर्शन

: खोटाङका किसानहरूले बाँदर आतंक नियन्त्रणको माग गर्दै सोमबार सदरमुकाम दिक्तेलमा विरोध प्रदर्शन गरेका छन्। खेतबारी बाँझै रहन थालेपछि जीविकोपार्जनमा गम्भीर असर परेको जनाउँदै किसानहरूले ‘खेतबारी बाँझै छ, बाँदर नियन्त्रण गरी खान देऊ’ भन्ने नारासहित सरकारको ध्यानाकर्षण गराएका हुन्।


दिक्तेल बजारमा भेला भएका किसानहरूले परम्परागत कृषि उपकरण हलो, जुवा, कोदालो बोकेर सांकेतिक रूपमा विरोध जनाएका थिए। उनीहरूले बजार क्षेत्र परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर धर्ना समेत दिएका छन्।


प्रदर्शनमा सहभागी किसानहरूले बाँदरको झुण्डले बाली नष्ट गर्ने क्रम दैनिकजसो बढेको गुनासो गरेका छन्। किसानहरूका अनुसार मकै, कोदो, धान लगायतका बाली पाक्ने बेलामा मात्र होइन, रोप्ने समयदेखि नै बाँदरले क्षति पुर्‍याउने गरेको छ। यसले गर्दा वर्षभरिको मिहिनेत खेर जाने अवस्था आएको उनीहरूको भनाइ छ। ‘बाली लगाउँदा पनि बाँदर, हुर्काउँदा पनि बाँदर, पाक्दा पनि बाँदर-अब हामीले कसरी खेती गर्ने?’ दिक्तेल–१ का किसान पर्सुराम आचार्यले भने।



दिक्तेल–१ का ८२ वर्षीय किसान टंक आचार्यले जीवनभर कृषि पेशामै निर्भर भए पनि पछिल्लो समय बाँदरको आतंकका कारण खेती गर्नै छोड्नुपर्ने अवस्था आएको बताए। उनले भने, ‘सरकारले तत्काल बाँदर नियन्त्रणका प्रभावकारी उपाय अपनाएर किसानलाई गरिखाने वातावरण बनाउनुपर्छ, नत्र हामीजस्ता किसान विस्थापित हुन बाध्य हुन्छौं।’

विरोध प्रदर्शनमा उत्रिएका किसानहरूले जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी रेखा कँडेलमार्फत प्रधानमन्त्रीलाई बाँदर नियन्त्रण गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्रमा बाँदर नियन्त्रणका लागि दीर्घकालीन योजना, क्षतिपूर्ति व्यवस्था तथा वैज्ञानिक व्यवस्थापनको माग गरिएको छ।

जिल्ला समन्वय समितिका सदस्य दुर्गा घिमिरेले भने, ‘यो समस्या बर्सेनि बढ्दै गएको छ, तर समाधानका लागि ठोस कदम चालिएको देखिँदैन।’ किसानहरूका अनुसार बाँदर आतंकका कारण जिल्लामा बसाइँसराइको दर समेत बढ्दै गएको छ। खेतीयोग्य जमिन बाँझै रहन थालेपछि गाउँ छोडेर सहरतर्फ जानेको संख्या उल्लेख्य रूपमा वृद्धि भएको उनीहरूको दाबी छ। ‘खेती गर्न नपाइने भएपछि गाउँमा बस्नुको अर्थ रहँदैन,’ अर्का किसान चक्रप्रसाद रिजालले भने।

यसरी कृषि उत्पादनमा गिरावट आउँदा स्थानीय खाद्य सुरक्षा समेत जोखिममा परेको छ। उर्वर भूमि हुँदा हुँदै पनि उत्पादन हुन नसक्नु जिल्लाको समग्र आर्थिक अवस्थाका लागि चिन्ताजनक विषय बनेको छ। किसानहरूले तत्काल राहतका कार्यक्रम ल्याउन, प्राविधिक सहयोग उपलब्ध गराउन र बाँदर नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गर्न सरकारसँग माग गरेका छन्।

प्रमुख जिल्ला अधिकारी कडेलले किसानहरूको गुनासो सम्बन्धित निकायसम्म पुर्‍याउने र समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएकी छिन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विगतको भन्दा फरक बजेट ल्याउने बताएका छन् । नेपाल उद्योग परिसंघको टोलीसँग हिजो साँझ भएको भेटमा अर्थमन्त्री वाग्लेले सो धारणा राखेका हुन् । ‘बलियो सरकार बनेको छ । जनताको ठूलो आसा र भरोसा छ । हामी यो महत्त्वपूर्ण समय देशको उन्नतिका लागि प्रयोग गर्न चाहन्छौं,’ अर्थमन्त्री डा. वाग्लेले भने, ‘निजी क्षेत्रले ...
। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आजदेखि प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध गरिएको छ । वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन तथा दिगो विकासप्रतिको प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्न मन्त्रालयले यस्तो निर्णय गरेको जनाएको छ । प्लास्टिकजन्य वस्तुको अत्यधिक प्रयोगले वातावरणमा परेको नकारात्मक असरलाई न्यूनीकरण गर्दै वैकल्पिक तथा वातावरणमैत्री सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्ने नीति अनुरूप यो कदम चालिएको हो ...
। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । शनिबार बिहानदेखि भर्ना भएका ओलीलाई अब ‘डिस्चार्ज’ गर्न सकिने उनीहरूको भनाई छ । ‘सबै रिपोर्ट नर्मल नै आएको छ । चिकित्सकीय छलफलले उहाँलाई डिस्चार्ज गर्न सकिने निचोड छ,’ उपचारमा संलग्न एक चिकित्सकले अनलाइनखबरसँग भने । ओलीले शनिबार बिहान मुटुमा ...
। वैदेशिक रोजगारीका लागि खाडी लगायत युद्ध प्रभावित देशहरूमा जाने नयाँ श्रमिकलाई तत्काल श्रम स्वीकृति नदिन सुझाव दिइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले विभिन्न देशमा रहेका श्रम सहचारीसँग गरेको भर्चुअल बैठकमा तत्काल नयाँ श्रम स्वीकृति जारी नगर्न सुझाव दिइएको हो । इजरायल–अमेरिका र इरानबीचको युद्धका कारण खाडी तथा इजरायल लगायत देशमा सुरक्षा ...
। जनकपुरधामको शिवचोकस्थित गंगासगारको पश्चिमतर्फ रहेको फुटपाथ बजार डोजर लगाएर खाली गराइएको छ । मधेशका गृहमन्त्री फकिरा महतोले आफै नेतृत्व गरी दुई दिन लगाएर फुटपाथ बजार खाली गराएका हुन् । फुटपाथमा वर्षौँदेखि अस्थायी संरचना राखेर बजार लगाउने गरिएको थियो । त्यसले गंगासागरको पश्चिमतर्फको भागको सौन्दर्यीकरण समेत छोपेको थियो । गृहमन्त्री महतोले आफै अगुवाइ गरी नेपाल प्रहरी ...