मुख्य समाचार
ट्रम्पले होर्मुज जलसन्धि पूर्ण रूपमा नखुले पनि इरानविरुद्धको सैन्य अभियान अन्त्य गर्न आफू तयार रहेको
ट्रम्पले होर्मुज जलसन्धि पूर्ण रूपमा नखुले पनि इरानविरुद्धको सैन्य अभियान अन्त्य गर्न आफू तयार रहेको

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलसन्धि पूर्ण रूपमा नखुले पनि इरानविरुद्धको सैन्य अभियान अन्त्य गर्न आफू तयार रहेको संकेत दिएका छन्। वाल स्ट्रिट जर्नल (WSJ) का अनुसार, यो युद्धलाई आफ्नो निर्धारित समयसीमाभन्दा बाहिर जान नदिन ट्रम्पले यस्तो योजना बनाएका हुन्।


इरानको नौसेना र मिसाइल भण्डारमा ठूलो क्षति पुर्‍याइसकेको अवस्थामा, ट्रम्पले हालको सैन्य कारबाहीलाई टुङ्ग्याउन विचार गरिरहेको रिपोर्टमा उल्लेख छ। व्यापारिक मार्ग पुनः सुचारु गर्नका लागि भने उनले इरानमाथि कूटनीतिक दबाब जारी राख्ने बुझिएको छ।


यस विषयमा पेन्टागनले मंगलबार बिहान अर्थात् नेपाली समय अनुसार आज बेलुका विशेष प्रेस ब्रिफिङ गर्दैछ, जहाँ रक्षा सचिव पिट हेगसेथले थप जानकारी दिने अपेक्षा गरिएको छ।



गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा गरेको संयुक्त हवाई हमलायता मध्यपूर्वमा तनाव उत्कर्षमा छ। पहिलो दिनकै आक्रमणमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीसहित कैयौँ शीर्ष अधिकारीहरू मारिएका थिए। त्यसयता भएका शृंखलाबद्ध आक्रमणमा सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता अली मोहम्मद नैनीको पनि मृत्यु भइसकेको छ।

मानवीय र भौतिक क्षतिको अवस्था

अमेरिका-इजरायलको आक्रमणबाट इरानमा अहिलेसम्म ३ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको तथ्यांक छ। इरानको नौसेना र मिसाइल भण्डारमा पनि गम्भीर क्षति पुगेको छ। इरानको जवाफी आक्रमणका कारण इजरायल र अमेरिकी सैन्य आधार रहेका खाडी मुलुकहरूमा पनि ठूलो मानवीय तथा भौतिक क्षति भएको रिपोर्टहरू प्राप्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम