: नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संस्थापनइतर भेला भविष्यमा पनि भइरहने संकेत गरेका छन्। पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको बैठकमा सम्बोधन गर्दै उनले भेला पहिले भएको र अहिले पनि भइरहने बताए।
उनले प्रतिनिधिसभामा निर्वाचित सांसदहरूले पार्टीको गरिमालाई उच्च बनाउनुपर्ने बताए। संसदमा धेरै किसिमका मुद्दाहरू आउने भएकाले त्यसको समाधानका लागि आफूहरूसँग छलफल गर्न उनले सांसदहरूलाई निर्देशन दिए।
'मभन्दा पुराना साथीहरू पनि यहाँ हुनुहुन्छ। संसदमा धेरै किसिमका मुद्दाहरू आउन सक्छ। छलफल गर्नुपर्ने हुनसक्छ। त्यसमा छलफल गर्न जरुरी हुन्छ। त्यस विषयमा छलफल गर्न हामी तयार छौं,' उनले भने।