मुख्य समाचार
जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार भएका अभियुक्त पुनः लागुऔषधसहित पक्राउ
जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार भएका अभियुक्त पुनः लागुऔषधसहित पक्राउ

: जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार भएका अभियुक्त पुनः लागुऔषधसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा २८ वर्षीय अन्जान राई रहेका छन्।


लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट विभिन्न मितिमा ४ वटा मुद्दा दर्ता भई काठमाडौं जिल्ला अदालतको आदेशले ३१ वर्ष कैद सजाय र साढे ४ लाख जरिवाना फैसला भएका राई जेनजी आन्दोलनमा फरार भएका थिए। लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले उनलाई २५३ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो।


थप अनुसन्धानको सिलसिलामा चैत १४ गते काठमाडौंको टोखा नगरपालिका-३ बाट अन्जान राई संलग्न गिरोहका झापाको बिर्तामोड नगरपालिका-४ का ३२ वर्षीय सुवास भन्ने दोर्जे तामाङ र काठमाडौंको टोखा नगरपालिका-३ का २४ वर्षीय राहुल डंगोल समेतका २ जनालाई लागुऔषध खैरो हेरोइन ५२.७५० ग्राम र डिजिटल तराजु थान १ सहित पक्राउ गरेको ब्युरोका सूचना अधिकारी दुर्गाराज रेग्मीले बताएका छन्।

पक्राउ प्रतिवादीहरू उपर लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप भई अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री तथा मन्त्रीहरूलाई बधाई तथा शुभकामना दिने नाममा मन्त्रालयहरूमा भिडभाड नगर्न रास्वपाले पार्टीका नेता तथा शुभेच्छुकहरूसँग आग्रह गरेको छ । रास्वपा केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले सोमबार साँझ विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । सरकार गठन पश्चात पार्टीका नेतागण, सदस्य तथा शुभेच्छुकहरूले मन्त्रालयमा उपस्थित भई नवनियुक्त प्रधानमन्त्री तथा मन्त्रीहरूलाई बधाई तथा शुभकामना ...
। सरकारले विभिन्न संघसंस्थाको नाममा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको उद्धारमा रोक लगाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा गई समस्यामा परेका श्रमिकहरूको उद्धारका नाममा विभिन्न संघसंस्थाले कानुन विपरीत कार्य गरिरहेको भन्दै त्यसलाई रोक लगाएको हो । विभागले सूचना जारी गर्दै ‘वैदेशिक रोजगार ऐन २०६४’ ले नेपाली श्रमिक उद्धार गर्नुपर्ने ...
: सरकारले संविधान संशोधन बहस पत्र तयार पार्न कार्यदल गठन गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम साहको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। कार्यदलमा संसदमा रहेका दलहरूको प्रतिनिधिहरू सदस्य रहने प्रवक्ता पोखरेलको भनाइ छ। 'यो हाम्रो वाचापत्रमा उल्लेख भएको वाचा पनि थियो,' उनले भने।
: कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले मुलुक फेरि द्वन्द्वमा जाने खतरा बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्। सरकारका पछिल्ला गतिविधिहरूप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उनले मुलुक फेरि निषेध र द्वन्द्वको राजनीतितर्फ उन्मुख हुन सक्ने आशंका प्रकट गरेका हुन्। उनले लामो संघर्ष, त्याग र बलिदानपछि प्राप्त वर्तमान लोकतान्त्रिक व्यवस्थालाई कुनै पनि हालतमा संकटमा ...
: मुग्लिङ-नागढुंगा सडक खण्डमा ३ दिनसम्म रातिको समयमा सवारी सञ्चालन बन्द गरिने भएको छ। भोलिदेखि ३ दिनसम्म राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमन बन्द गर्न लागिएको हो। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार मुग्लिङ-नागढुंगा सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-४ को घोप्टेभिर लगायतका विभिन्न स्थानहरूमा सडक स्तरोन्नतिको कार्य अगाडि बढिरहेकाले रातिको समयमा सडक बन्द गर्न ...